काठमाडौं–स्पेनिस ला लिगा फुटबलअन्तर्गत गएराति सम्पन्न खेलमा रियल मड्रिडले सहज जित निकालेको छ।
घरेलु मैदानमा भएको खेलमा रियलले ओसासुनालाई २–० गोल अन्तरले पराजित गरेको हो।
ओसासुनाविरुद्ध रियलले पहिलो हाफ गोलरहित बराबरी खेलेको रियललाई जित दिलाउन इडेर मिलिटाओ र कासिमिरोले खेलको दास्रो हापमा एक÷एक गोल गरे।
रियलले दोस्रो हाफको ७६औं मिनेटमा मिलिटाओको गोलबाट अग्रता बनाएको थियो। खेलको ८०औं मिनेटमा कासिमिरोले गोल गर्दै रियललाई २–० को जित दिलाए ।
जितसँगै ३४ खेल खेलेको रियल ७४ अंकसाथ लिगको दोस्रो स्थानमा छ। शीर्षमा रहेको एट्लेटिको मड्रिडको ७६ अंक रहेको छ।
पराजित ओसासुना ४० अंकका साथ ११औं स्थानमा रहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।