काठमाडौं– इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार राति सम्पन्न खेलमा चेल्सीले जित हात पारेको छ। चेल्सीले रेलिगेसन जोनमा रहेको फुलह्यामलाई दुई शुन्य गोल अन्तरले हराएको हो।
घरेलु मैदान स्ट्याम्फोर्ड ब्रिजमा भएको खेलमा चेल्सीको जितमा केई हाभेर्टजले दुई गोल गरे।खेलको १०औं मिनेटमा नै हाभेर्टजको गोलमा चेल्सीले अग्रता बनाएको थियो।
पहिलो हाफमा एक गोलको अग्रता बनाएको चेल्सीले दोस्रो हाफको सुरुवातमा अन्तर दुई शुन्यमा पुर्यायो ।उसका लागि टिमो वेरनेरको पासमा हाभेर्टजले नै गोल गरे।
जितसँगै चेल्सीको ३४ खेलमा ६१ अंकसहित लिग तालिकाको चौथो स्थानमा छ। रेलिगेसन जोनमा रहेको फुलहामको ३४ खेलमा २७ अंक छ।
लिग तालिकाको शीर्षमा रहेको म्यानचेस्टर सिटीको ८० अंक छ भने दोस्रोमा रहेको म्यानेस्टर युनाइटेडको ६७ अंक छ। तेस्रो स्थानकोलेस्टर सिटीको ६३ अंक हुँदा पाँचौंमा रहेको वेस्ट ह्यामको ५५ अंकमात्र छ।
आगामी मंगलबार राति च्याम्पियन्स लिगको सेमिफाइलनमा रियालसँग खेल्ने तयारीमा रहेको चेल्सीले फुलह्यामसँगको जितले मनोबल उच्च बनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।