काठमाडाैं- पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वानको शीर्ष स्थानमा उक्लिएको छ।
शनिबार राति घरेलु मैदानमा भएको खेलमा लेन्सलाई २-१ गोलले पराजित गर्दै पीएसजी शीर्ष स्थानमा उक्लिएको हो।
पीएसजीका लागि नेयमार र मार्क्विन्होसले एक/एक गोल गरे।लेन्सका इग्नाटिउस गनागोले एक गोल फर्काएका पनि जितकाे लागि प्रयाप्त हुन सकेन।
खेलको ३३ औं मिनेटमा नेयमारले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए। ५९ औं मिनेटमा मार्क्विन्होसले गोल गर्दै टाेलीकाे अग्रता दाेब्बर बनाए।
त्यसकाे दुई मिनेटपछि नै लेन्सका गनागोले एक गोल फर्काउँदै खेल २-१ काे स्थितिमा ल्याए। बाँकी समय दुवै टाेलीबाट गाेल हुन नसक्दा खेल २-१ मा सकियाे।
जितसँगै पीएसजीले ३५ खेलमा ७५ अंक जोडेको छ। पराजित लेन्स ५६ अंक जोडेर पाँचौ स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।