काठमाडाैं- म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको उपाधि नजिक पुगेको छ।
शनिबार राति भएकाे खेलमा क्रिस्टल प्यालेसलाई उसकै मैदानमा २-० ले हराउँदै सिटी उपाधि नजिक पुगेको हो।
सिटीको जितमा सर्जियो अगुइरो र फेरान टोरेसले दुई गोल गरे।
५७औं मिनेटमा अगुइरोले गोल गर्दै सिटीलाई अग्रता दिलाए। त्यसको दुई मिनेटपछि ५९औं मिनेटमा टोरेसले गोल गर्दै सिटीलाई २-० को जित दिलाए।
जितसँगै शीर्षस्थानमा रहेकाे सिटीले ३४ खेलबाट ८० अंक जोडेको छ। सिटी दोस्रो स्थानको म्यानचेस्टर युनाईटेडभन्दा १३ अंकले अघि छ। युनाईटेडको ६७ अंक रहेको छ।
पराजित क्रिस्टल ३८ अंक जोडेर १३औं स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।