काठमाडाैं- पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड केलियन एमबाप्पे करिब एक साता मैदान बाहिर रहने भएका छन्।
दायाँ पिँडौलाका चोटका कारण उनी मैदान बाहिर रहन लागेका हुन्। उनी शनिबार भएकाे लिग वानमा लेन्सविरुद्ध खेलमा उपस्थित भएका थिएन। यद्यपि उक्त खेलमा पीएसजीले २-१ काे जित निकालेकाे छ।
यता, च्याम्पियन्स लिग सेमिफाइनलको दोस्रो लेगमा पनि उनी सहभागी हुने/नहुने यकिन भएकाे छैन।
अर्काे बुधबार पीएसजीले म्यानचेस्टर सिटीकाे सामना गर्दै छ। सिटीले पहिलाे लेगमा १-२ काे अग्रता बनाएकाे छ।
सिटीविरुद्ध पहिलो लेगको खेलमा एमबाप्पेको प्रदर्शन त्यति राम्राे हुन सकेकाे थिए। च्याम्पियन्स लिगको फाइनल पुग्नका लागि पीएसजीले कमब्याक गर्नुपर्ने हुन्छ।
त्यसैले दाेस्राे लेगमा उनले सुधारिएकाे प्रदर्शन गर्ने अपेक्षा गरिएकाे थियाे। अब दोस्रो लेगमा उनको उपस्थिति नहुँदा टोलीलाई थप घाटा पुग्ने देखिन्छ।
यद्यपि, प्रशिक्षक माउरिसियो पोचेटिनोले उनी चाँडै मैदान फर्किने बताएका छन्।
‘एमबाप्पेले केही असहज महसुस गरेका छन्’, उनले भने, ‘ हामीलाई आशा छ उनी चाँडै फर्कनेछन्।’
लिग वानको साविक विजेता पीएसजी शीर्षस्थानको लिलभन्दा ४ अंकले पछाडि छ। जारी सिजनमा अब ४ खेल बाँकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।