काठमाडाैं- दाङमा भारतीय गाडीभित्र तीन बालबालिकाको शव भेटिएको छ।
जिल्ला प्रहरी कार्यालय, दाङका अनुसार तुलसीपुर उपमहानगरपालिका-६, स्याउलीबजार नजिक भारतीय नम्बर प्लेटको गाडीभित्र तीन शव फेला परेको हाे।
गाडीमा शव रहेको भन्ने खबर आएसँगै दाङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गणेश चन्दसहितको टाेली घटनास्थलतर्फ प्रस्थान गरेकाे छ।
विधि विज्ञान प्रयोगशालाको टोली आउँदै गरेकाले प्रहरीले शव खोलेर नहेकाे उनले जानकारी दिए। त्यहीकारण शव बालक या बालिका कसको हो यकिन भैनसकेको एसपी चन्दले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।