काठमाडाैं- बुटवल लुम्बिनी एफसी र विराटनगर सिटी एफसीले नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत शनिबार भएकाे खेलमा २-२ गोलको रोमाञ्चक बराबरी खेलेका छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा सुनिल खड्काले गोल गर्दै विराटनरगलाई हारबाट जोगाएका हुन्।
बुटवल लुम्बिनीको जितमा ओमोलाजा नुरेन करिम र लक्ष्मण रुचालले गोल गरे। विराटनगरका पेड्रो मान्जी र सुनिल खड्काले बराबरी गोल फर्काए।
खेलको छैटौ मिनेटमै नुरेनले गोल गर्दै लुम्बिनीलाई अग्रता दिलाएका थिए।४२औं मिनेटमा मान्जीले गाल गर्दै खेल बराबरीमा ल्याए।
६७औं मिनेटमा रुचालले उत्कृष्ट गोल गर्दै लुम्बिनीलाई २-१ को अग्रता दिलाए। इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा सन्तोष तामाङको फ्रिकिकमा सुनिलले गोल गर्दै विराटनगरलाई हारबाट जोगए।
बराबरीसँगै लुम्बिनी ३ खेलबाट ५ अंक जोडेर दोस्रो स्थनमा रहेको छ। शीर्षस्थानको धनगढीको ७ अंक छ। विराटनगर ३ खेलबाट ४ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।