complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

‘ऐश्वर्य’की डेब्यू नायिका दीपिका भन्छिन– विनम्र मान्छेबाट छिट्टै इम्प्रेस हुन्छु

64x64
नेपाल लाइभ शुक्रबार, असोज १३, २०७४  ०७:३०
1140x725

धनगढीकी दीपिका प्रसाई कार्तिक ९ गते ’ऐश्वर्य’बाट नेपाली रजतपटमा डेब्यू गर्दैछिन्। फिल्मको सुटिङ गर्दा कयौंपटक उनलाई बेकार फिल्म खेलेछु भन्ने लागेछ। तर, आफूले दिएको सट दोहोर्याएर हेरेपछि भने उनलाई लागेछ, म योभन्दा पनि राम्रो गर्न सक्छु। फिल्मको पुरै सुटिङ सकिदा उनमा थप उर्जा आएको छ।  उनै डेब्यू नायिकासँग नेपाल लाईभले गरेको कुराकानी 


अभिनेत्री बन्छु भन्ने लक्ष्य पहिलेदेखि थियो कि पछि फेरियो?
चाहना पहिलेदेखि कै हो। मोडलिङ गरेको केही समयपछि नै मलाई अफर नआएको होइन्। तर ब्याचलरको पढाई सकेपछि मात्र गर्छु भनेर बसे। साथीहरुले पहिले नै भन्थे। शिक्षकहरूले समेत हिरोइन हुने अनुहार छ भन्नु हुन्थ्यो। धेरैले मलाई तिम्रो हाइट छ, रूप छ। पढाइ छ। किन प्रयास गर्देनौ? भन्थे। यसपछि मोडलिङ गर्न थाले। मोडलिङ गर्ने सिलसिलामै अभिनेत्री बन्ने आत्मविश्वास जाग्यो। 

राम्री युवतीले हिरोइन नै बन्नुपर्छ र?
राम्री केटी हिरोइन नै बन्नु पर्छ भन्ने केही छैन्। गर्नका लागि थुप्रै पेसाहरू छन्। आफूले जेमा राम्रो गर्न सकिन्छ, त्यही काम गर्ने हो। के काम गर्ने? भन्ने कुरा आफ्नो क्षमता, चाहाना र इच्छामा भरपर्छ।

उसो भए, राम्री केटीलाई हिरोइन हुनुपर्ने किन भनिन्छ? 
सोचले गर्दा होला। राम्री केटीले हिरोइन नै बन्नुपर्छ, मोडल हुनुपर्छ भन्ने भनाइ धेरै आउने भएर होला। मलाई त्यही सोचमा सिमित हुनुपर्छ जस्तो लाग्दैन्। राम्री भएर मात्र हुदैन, बौद्धिकता पनि उत्तिकै चाहिन्छ। अनुहारले मात्र केही हुदैन, गर्न पनि सकिन्न। अभिनय क्षमता पनि चाहियो। म हिरोइन बन्ने कुरालाई रूपको दृष्टिकोणले मात्र नहेरियोस भन्ने चाहन्छु।



अभिनेत्री बन्नु कति कठिन काम रहेछ?
धेरै नै कठिन काम रहेछ। मेरो डेब्यू फिल्म भएर होला, सिक्न नै धेरै समय लाग्यो। अझैं पनि सिक्दै छु, धेरै नै बाँकी छ भन्ने मैले बुझिसके। यो डेब्यू मेरा लागि चुनौति बनेको छ। आजको दिनसम्म सबै राम्रो भइरहेको छ। ट्रेलर,गीतबाट राम्रो प्रतिक्रिया बटुलिरहेको छु। यसले मलाई ‘मोटिभेट’ गरेको छ। फिल्म हेरेपछि दर्शकले मलाई कसरी प्रतिक्रिया दिनुहुन्छ, त्यसैको पर्खाइमा छु। मैले अझै धेरै सिक्न बाँकी छ। 

के के सिक्न बाँकी छ जस्तो लाग्छ?
अभिनयका कौशलहरू अझ सिक्न बाँकी छ। त्यस्तै नाच। अनि आफ्नो व्यक्तित्व आदिमा निखारको आवश्यकता छ।

’ऐश्वर्य’को स्क्रिप्टमा के थियो, जसले फिल्म गरूम गरूम लाग्यो?
पहिलो आकर्षण मेरो क्यारेक्टरले गर्दा हो। डेब्यूका लागि यो भूमिका उपयुक्त हुन्छ जस्ता लाग्यो। बाँकी कुरा यसका निर्देशक, अनुभवी कलाकार र राम्रो ब्यानरले गर्दा राजी भए।

फिल्ममा ’ऐश्वर्य’को चरित्र के हो?
फिल्ममा सुपर मोडलको भूमिकामा छु। एउटा सामान्य मध्यमवर्गीय परिवारकी छोरी, जो आफ्नो खुट्टामा आफै उभिन चाहन्छे। जसको सपना सुपर मोडल बन्नु हो। आजको दिनमा पनि मोडल भन्ने वित्तिकै सकारात्मकभन्दा पनि नकारात्मक सोच पाल्नेहरु धेरै छन्। हामीले यो पनि रोजाइको पेशा हो। यसलाई नराम्रो आँखाले हेर्नु जरूरी छैन भन्ने सन्देश दिन खोजेका छौं। मुख्य कुरा केटी मान्छे आफ्नै खुट्टामा उभिनुपर्छ भन्ने सोचबाट प्रेरित छ।

ट्रेलरमा दुई जना पुरुष ’ऐश्वर्य’ लाई पाउन भिडेको देखिन्छन। व्यक्तिगत जीवनमा यस्तो भएको छ कि छैन?
छ, स्कूल पढ्दा मेरा लागि दुई जना केटा साथीहरूको स्कूलमा कुटाकुट नै भएको थियो। ८ कक्षामा होला सायद, दुई जनाले नै मलाई मनपराउने अनि एउटा साथीले अर्को साथीलाई ’तेरो भाउजु हो’ भन्दा कुटाकुट भयो। यो मैले आफ्नै आँखा अगाडी देखेको घटना हो। तर मलाई यो ‘लभसब’ को चक्कर कहिल्यै मनपरेन। 

किन?
सायद मनले खाने नभेटिएर होला।

Ncell 2
Ncell 2
nimb
nimb

केटाहरू किन केटीका लागि लड्छन जस्तो लाग्छ? ती साथीहरू लड्दा के लाग्यो?
मलाई त त्यसरी लड्नु अनावश्यक जस्तो लागेन। मलाई त्यतिबेला किन हावामा लडिरहेका होलान? न म उनीहरूको ‘गर्लफ्रेण्ड’ हुने न दुईले मलाई पाउने भनेर हाँस उठ्यो। त्यो गरेर केही फाइदा छैन।

केटाहरूप्रतिको नकारात्मक धारणाले त होइन नी?
होइन। माया भनेको मनको सुन्दर अनुभूति हो। त्यो उपयुक्त मान्छेसँग उपयुक्त समयमा हुन्छ भन्ने मलाई विश्वास छ। मेरो रोजाइको मान्छे र उपयुक्त समय नआएर होला।

’ऐश्वर्य’को चरित्र निर्वाह गर्न तयारी कस्तो थियो?
 म आफैं मोडल भएकाले सजिलो भयो।  तर र्याम्पमा हिडने मोडल नभएको हुनाले गार्हो पनि उत्तिकै भयो। आफूले सकेको मेहेनत गरेको छु। यसबाहेक फिल्ममा सुपरमोडल भए पनि अरू धेरै चरित्रहरू गर्नुपरेको छ। फिल्मभरि थुप्रै अफ्ठेरो अवस्था आयो। तर मैले गरें।

निर्देशकलाई भने कति गार्हो भयो? दीपिकाबाट काम निकाल्न?
उहाँलाई झन धेरै गाह्रो भयो। यतिको कच्चा मान्छेलाई यो अवस्थामा ल्याउन सजिलो पक्कै थिएन। ट्रेलरमा मोडलका रूपमा प्रोफेसनल देख्या छ भन्नु भएको छ। तर यो अवस्थाको सिर्जना गर्न कति कठिन भयो? मलाई मात्र थाहा छ। निर्देशकज्यूले मलाई यहाँसम्म ल्याउन दिनरात मेहेनत गर्नुभएको छ। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

अनि फिल्म गरिरहँदा बेकारमा हिरोइन बन्न ‘ओके’ भनेछु जस्तो लागेन? 
धेरैचोटी आयो। तर त्यो आउँदाआउँदै पनि आफूले गरेको काम स्क्रिनमा देख्ने वित्तिकै इनर्जी आउने रहेछ। एक सेकेन्डमै अझ राम्रो गर्न सक्छु भन्ने जोश आउने। जे होस फिल्म गरेर दुःख गर्न सिकेँ।

स्क्रिन बाहिरको दीपिका कस्ती छे? 
एउटा सोशल वर्कको स्टुडेन्ट हो। भर्खर त्यसमा मास्टर्स भर्ना भएको छु। सामान्य व्यक्ति हुँ। थोरै तर पोइन्टमा बोल्ने। देखावटी भन्दा सरल मान्छेहरू मनपर्छन। भविष्यप्रति आशावादी मान्छे हो दीपिका।

दीपिकालाई के कुराले छिट्टै इम्प्रेस पार्छ?
 मेरो एक्सप्रेसन हेरेर मलाई यस्तो भाछ भन्ने बुझ्दियोस जस्तो लाग्छ।  म अनुहार हेरेर प्रभावित हुँदिन। विनम्रताका साथ प्रस्तुत हुने मान्छेबाट छिट्टै प्रभावित हुन्छु।

अन्तमा ’ऐश्वर्य’ हेर्दा आफुले कतिको राम्रो गरेछु जस्तो लाग्छ?
मैले शतप्रतिशत गरे भनेर म मान्दिन। तर यति कुरा हो, मैले क्षमताले भ्याएसम्म उत्कृष्टता दिएको छु। सकेको गरेको छु। मलाई आफ्नो काम राम्रो लागेको छ।


 

प्रकाशित मिति: शुक्रबार, असोज १३, २०७४  ०७:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन
सम्बन्धित सामग्री
मुगु जिल्लाको एक मात्र आवासीय विद्यालयमा छात्रावासको अभावमा पठनपाठनमा समस्या बिहीबार, असोज २९, २०८३
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बडादसैँको चौथो दिन आज नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजा आराधना गरिँदै छ। आश्विन शुक्ल चतुर्थीका दिन कुष्माण्डा... बुधबार, असोज २८, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता एउटै वडाका चार युवाले प्रहरी सेवामा प्रवेशका लागि प्रतिस्पर्धा गर्दै सफलता हासिल गर्नुले स्थानीयस्तरमा शिक्षा, मेहनत र लगनशीलताको चर... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
रास्वपाले माग्याे मेयरसहितका जनप्रतिनिधि हुन चाहनेसँग आवेदन बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्