काठमाडाैं- धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) मा एफसी चितवनमाथि सानदार जित निकालेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा धनगढीले दोस्रो हाफमा सुधारिएको प्रदर्शन गर्दै चितवनलाई ३–० गाेल अन्तरले पराजित गरेकाे हाे।
धनगढीकाे जितमा निशान लिम्बु, ओलावाले ओलाडिपो आफिज र बुद्ध बल तामाङले एक/एक गोल गरे। ६३औं मिनेटमा निशानले गोल गर्दै धनगढीलाई अग्रता दिलाएका हुन्।
६९औं मिनेटमा ओलावाले ओलाडिपो आफिजले हेडमार्फत गोल गर्दै धनगढीको अग्रता दोब्बर पारे। ७९औं मिनेटमा रुडी जोनाथनको क्रस पासमा गोरान जर्काेभिचले गोल गरेपनि उनको मान्यता पाएन। रे
फ्री नानीराम थापाले जर्काेभिच अफसाइड रहेको झन्डा उठाएका थिए। लगत्तै बुद्धले गोल गर्दै धनगढीलाई ३–० को जित दिलाए।
जितसँगै धनगढीको ४ खेलबाट ७ अंक पुगेको छ। पराजित चितवन ३ खेलबाट २ अंक जोडेर सातौ स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।