काठमाडौं– लागू औषध बेच्न लागेको आरोपमा महानरीय प्रहरी वृत्त जनसेवाका सादा पोसाकका २ जना प्रहरी जवान पक्राउ परेका छन्।
लागू औषध नियन्त्रण ब्यूरोको टोलीले उनीहरुलाई शुक्रबार डल्लु क्षेत्रबाट लागू औषध बेच्न लाग्दै गर्दा पक्राउ गरेको हो।
पक्राउ पर्नेमा जनसेवामा कार्यरत रहेका जवानद्वय नरेन्द्रसिंह नगारी र प्रेम ओड छन्। उनीहरुलाई पक्राउ गरिएको पुष्टि गर्दै ब्यूरोका प्रमुख तथा एसएसपी दिलिपकुमार चौधरीले भने, ‘लागू औषध बेच्न लागेको पाइएपछि हामीले नियन्त्रणमा लिएका हौं। थप अनुसन्धान हुन बाँकी नै छ।’
उनीहरुले लागू औषध कारोबारीबाट बरामद गरेको लागू औषध अर्कै लागू औषध कारोबारी समूहलाई बेच्न लागेको प्रहरीको प्रारम्भिक अनुसन्धान छ।
उनीहरुबाठ ब्यूरोको टोलीले डाइजापाम, फेनारगन, नुर्फिन गरी १८६ एम्पुल बरामद गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।