अफगानिस्तान–अफगानिस्तानमा कार बम विस्फोट हुँदा हाइस्कूलका विद्यार्थीसहित ३० जनाको ज्यान गएको छ।
लोगर प्रान्तको राजधानी पुल ए आलमस्थित एक गेस्टहाउस नजिक शुक्रबार राति बम बिस्फोट हुँदा उनीहको ज्यान गएको स्थानीय अधिकारीहरुलाई उदृत गर्दै बीबीसीले जनाएको छ।
बिस्फोटमा ९० जना घाइते भएका छन् । प्रत्यक्षदर्शीहरुका अनुसार बिस्फोटले भवनको छाना खस्दा घाइतेहरु भवन भित्र फसेका थिए।
इस्लामिक पवित्र महिना रमादान चलिरहेको बेला भएको उक्त वस्फोटको जिम्मा अहिलेसम्म कसैले लिएको छैन।
अमेरिकी राष्ट्रपति जो बाइडेनले आउँदो सेप्टेम्बर ११ सम्ममा आफ्ना सैनिक फिर्ता बोलाउने घोषणा गरेसँगै अफगानिस्तानमा हिंसाका घटनाहरु बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।