काठमाडौं– लेस्टर सिटीले १० खेलाडीमा सिमित साउथह्यामटनसँग बराबरी खेलेको छ।
इंग्लिस प्रिमियर लिगको शीर्ष चारमा रहेर आगामी सिजनका लागि च्याम्पियन्स लिग फुटबल खेल्ने योजनामा रहेको लेस्टरले ८० मिनेट १० खेलाडीमा सिमित बनेको साउथ ह्यामटनसँग १–१ गोलको बराबरी खेलेको हो।
घरेलु मैदानमा भएको खेलमा १० औँ मिनेटमा भेस्टेर्गार्ड सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि साउथह्याम्पटन १० खेलाडीमा सीमित भएको थियो।
१० खेलाडीमा सिमित भएको भएपनि खेलमा सुरुवाती अग्रता साउथह्यामटनले बनाएको थियो। ६१ औँ मिनेटमा पाएको पेनाल्टीमा वार्ड प्रोवसेले गोल गर्दै साउथह्याम्पटनलाई अग्रता दिलाएका थिए। तर उक्त अग्रता लामो समय रहन सकेन।
६८ औँ मिनेटमा इभान्सले गोल गर्दै लेस्टर सिटीलाई बराबरीको अवस्थामा ल्याएका हुन्।
बराबरीपछि तेस्रो स्थानको लेस्टर सिटीको ३४ खेलबाट ६३ अंक भएको छ। चौथो स्थानको चेल्सीको ३३ खेलबाट ५८ अंक रहेको छ। ३३ खेलबाट ३७ अंकसहित साउथह्याम्पटन १४ औँ स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।