काठमाडाैं- नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत शुक्रबार भएकाे खेलमा काठमाडौं रेजर्स र पोखरा थन्डर्सले गोलरहित बराबरी खेलेका छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दुवै टाेलीले प्राप्त अवसर सदुपयाेग गर्न नसक्दा गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्।
बराबरीपछि पोखरा ३ खेलबाट ४ अंकका साथ तेस्रो स्थानमा उक्लिएकाे छ। काठमाडौको पनि समान ३ खेलबाट ४ अंक रहेपनि चौथो स्थानमा रहेको छ।
लिगमा शुक्रबार दुई खेल हुनेछ। धनगढी र चितवनबीच दिउँसो २ः३० बजे तथा दोस्रो खेलमा बुटवल लुम्विनी र विराटनगरबीच खेल हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।