काठमाडाैं- कृषि तथा पशुपन्छी विकास मन्त्रालयले निषेधाज्ञामा कृषिजन्य उत्पादनको सहज ढुवानी व्यवस्था मिलाइदिन गृह मन्त्रीलाई आग्रह गरेकाे छ।
शुक्रबार कृषिमन्त्री पद्माकुमारी अर्यालले गृह मन्त्रालयलाई पत्र लेख्दै कृषि र पशुपन्छी क्षेत्रका उत्पादन सामाग्री एवम् उत्पादनका लागि आवश्यक पर्ने साम्रगी सहज ढुवानी व्यवस्था मिलाइदिन आग्रह गरेकी हुन्।
पत्रमा समग्र कृषि उपज, कृषि मेशिनरी, रासायनिक मल (युरिया, डीएपी, पोटास) र बीउबिजन ढुवानी गर्न दिन आग्रह गरिएकाे छ।
यसका साथै पशुपन्छी (पशु, चल्ला, कुखुरा), पशुजन्य पदार्थ (दुध, मासु, अण्डा) तथा पशु ढुवानी र (पशुपन्छीका दाना, दाना उत्पादनमा प्रयोग हुने मकै, भटमास लगायतका उत्पादन सामाग्रीहरू साथै भेटेरिनरी औषधि, भ्याक्सिन लगायत ढुवानीमा सहजिकरण गर्न पत्रमा अनुराेध गरिएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।