काठमाडाैं- डच क्लब आयाक्सका मुख्य प्रशिक्षक एरिक टेन हाग सन् २०२३ सम्म क्लबमा रहने भएका छन्। शुक्रबार गरेकाे नयाँ सम्झैतासँगै उनी थप दुईवर्ष क्लबमा रहने भएका हुन्।
प्रशिक्षक जोसे माउरिन्होलाई बर्खास्त गरेसँगै उनकाे नाम इंग्लिस क्लब टोटेनहमसँग जोडिएकाे थियाे।
क्लबले सन् २०१९ मा माउरिसियो पोचेट्टीनोलाई बर्खास्त गरेपछि मोउरिन्होलाई नयाँ प्रशिक्षकमा नियुक्त गरेको घोषणा गरेको थियाे।
उनकाे २०२३ सम्मकाे लागि कल्बसँग सम्झाैता थियाे। टोटनह्याम याे सिजन लयमा देखिएकाे छैन। त्यसैले एरिक आयाक्समै बस्न सहमत भएकाे बुझिएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।