काठमाडौं– स्पेनिस ला लिगा अन्तर्गतको गएराति सम्पन्न खेलमा बार्सिलोना ग्रानडासँग पराजित भएको छ।
घरेलु मैदानमै पराजित भएपछि बार्सिलोनाको लिग तालिकाको शीर्ष स्थामा उक्लने अवसरसमेत गुमेको छ। खेलमा २–१ गोलअन्तरले पराजित भएसँगै बार्सिलोनाको उपाधि होडमा समेत धक्का लागेको छ।
खेलमा लिएको शुरुवाती अग्रता जोगाउन नसक्दा घरेलु टोलीपराजित भएको हो।
बार्सिलोनाले २३ औं मिनेटमा गोल गर्दै खेलमा अग्रता बनाएको थियो। एन्टोनी ग्रिजमनको पासमा लियोनल मेस्सीले गोल गर्दै खेलमा अग्रता बनाएको थियो। पहिलो हाफमा बार्सिलोना एक गोलले अघि रह्यो।
दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै ग्रानडाले खेल आफ्नो पक्षमा पार्योे। खेलको ६३ औं मिनेटमा डार्विन म्यान्चिजले गोल गर्दै खेल बराबरीमा ल्याए भने ७९ मिनेटमा जर्ज मोलिनाले गोल थपे।
बार्सिलोना ३३ खेलबाट ७१ अंकसहित तालिकाको तेस्रो स्थानमा छ। शीर्षस्थानको एथ्लेटिको मड्रिडले समान खेल खेलेर ७३ अंक जोडेको छ। त्यस्तै दोस्रो स्थानको रियल मड्रिडको पनि ७१ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।