काठमाडाैं- गायक थानेश्वर गौतमको राष्ट्रिय भावनाले सजिएको गीत ‘देशको लागि ‘को भिडियो सार्वजनिक भएको छ।
आफ्नो प्राणभन्दा प्यारो देशमा सदैव शान्ती छाएको हेर्न चाहेको कुरालाई गीतमा समेटिएको छ।
तेशान्त को शब्द सिर्जना तथा गायक गौतमको संगीत एवम कृष्ण विश्वकर्माको संयोजन गीतमा रहेको छ।
दुर्लभ श्रेष्ठको छायाकन तथा सम्पादन र किशोर भण्डारीको निर्देशन गीतमा छ। ‘देशको लागि ‘ गीतको भिडियोमा किशोर भण्डारी , कृष्ण भक्त महर्जन , रेश्मा तिम्सिना, लिला केसी , सुन्दर लामिछाने र निरुता उप्रेतिको अभिनय रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।