प्रतिकात्मक तस्वीर
काठमाडौं– ललितपुरको मंगलबजारमा डेरा गरी बस्ने एक युवक आफ्नै कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएका छन्। धनुषाको मिथिला नगरपालिका-७ घर भइ मंगलबजार बस्दै आएका ३९ वर्षीय देवबहादुर खड्का मृत अवस्थामा भेटिएका हुन्।
गोपाल महर्जनको घरमा डेरा गरी बस्ने देवहादुरले आफ्नै कोठाको झ्यालको ग्रिलमा तन्नाको पासो लगाएर झुण्डिएको अवस्थामा महानगरीय प्रहरी परिसर ललितपुरले उनको शव फेला पारेको हो।
केही दिनअघि नै उनको मृत्यु भइसकेकाले सड्न लागेको अवस्थामा शव फेला पारिएको प्रहरी परिसर ललितपुरले जनाएको छ ।
शव सडेर गन्हाउन थालेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि प्रहरीले कोठाको ताला फोडेर हेर्दा शवसँगै सुसाइड नोट पनि फेला पारेको थियो।
मृतकका भाइ हेमविक्रम खड्काका अनुसार सुसाइड नोटमा देवबहादुरले आत्महत्याको कारणबारे उल्लेख गरेका छन्।
आफ्नी श्रीमती नारायण लामा भन्ने व्यक्तिसँग बाफलमा बस्न थालेको र श्रीमतीले नै आफूलाई मतलब गर्न छाडेर नारायणसँग बस्न थालेपछि आत्महत्यासम्म गर्नुपरेको सुसाइड नोटमा उल्लेख गरिएको हेमविक्रमले बताए।
सुसाइड नोटमा श्रीमती सीता खड्का र नारायणको नाम उल्लेख भएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिइएको थियो। उनीहरु दुबैलाई प्रहरीले तारेखमा राखेर छाडेको छ।
ललितपुर प्रहरीका प्रवक्ता एसपी प्रज्वल महर्जनले दुरुत्सान भएको हो/होइन भन्नेबारे अनुसन्धान भइरहेको बताए।
सीता पछिल्लो १५ दिनदेखि नारायणसँगै बस्दै आएको र सोही कारण तनावमा दाजुले आत्महत्या गर्नु र सुसाइ नोटमा समेत उक्त कुरा उल्लेख भएकाले उनीहरुमाथि कारबाही हुनुपर्ने देवबहादुरका भाइ हेमविक्रमको माग छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।