बुटवल– बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ।
बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा उपचार गराई रहेका बुटवलका दुईजना पुरुष र रुपन्देहीको मायाँदेवी गाउँपालिकाकी एक महिलाको विहीबार मृत्यु भएको हो।
मृत्यु हुनेमा बुटवलका ३१ र ६६ वर्षीय पुरुष र मायाँदेवी गाउँपलिकाकी ७२ वर्षीया महिला रहेको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए।
उनीहरुमध्ये ३१ वर्षीय पुरुष वैशाख ८ गते र ६६ वर्षीय पुरुष ९ गते अस्पताल भर्ना भएका थिए। त्यस्तै ७२ वर्षीया महिला वैशाख ११ गते अस्पताल भर्ना भएकी थिइन् ।
बुटवल १४ का ६६ वर्षीय पुरुष र मायाँदेवी गाउँपालिकाकी ७२ वर्षीया महिलाको बिहान ३ बजे र बुटवल ११ का देवीनगरका ३१ वर्षीय पुरुषको बिहान साढे चारबजे मृत्यु भएको सूचना अधिकारी डा गौतमले जानकारी दिए।
यससँगै रुपन्देहीमा मृत्यु हुने कोरोना संक्रमितको संख्या १ सय ८४ पुगेको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।