काठमाडौं– युइएफए च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा पेरिस सेन्ट जर्मेन (पिएसजी) पराजित भएको छ।
गएराती घरेलु मैदानमै सम्पन्न खेलमा म्यानचेस्टर सिटीले पिएसजीलाई २–१ गोल अन्तरले पराजित गरेको हो।खेलको १५ मिनेटमै गोल गरेको पिएसजीले सुरुवाती अग्रता जोगाउन नसक्दा पराजय भोगेको हो।
पिएसजीका मार्कवेन्होजले खेलको १५औँ मिनेटमै गोल गरेका थिए। पहिलो हाफमा १–० ले पछि परेको म्यानचेस्टर सिटीले दोस्रो हाममा पुनरागमन गरेको थियो।
म्यानचेस्टर सिटीको जितमा केभिन डी ब्रुने र रियाद महरेजले एक/एक गोल गरेका थिए। सिटीका लागि ब्रुनेले खेलको ६४औं मिनेट र महरेजले खेलको ७१औ मिनेटमा गोल गर्दै जित दिलाएका थिए।
त्यस्तै खेलको ७७औ मिनेटमा पिएसजीका इद्रिसा गुएयेले रातो कार्ड पाएपछि पिएसजी १० खेलाडीमा सीमित भएको थियो ।
अब यस दुई टोलीबीच सेमिफाइनलको दोस्रो लेग मे ५ मा म्यान्चेस्टर सिटीको घरेलु मैदानमा हुनेछ।यसअघि सम्पन्न पहिलो सेमिफाइनलको पहिलो लेगमा रियल म्याड्रिड र चेल्सीले १–१ गोलको बराबरी खेलेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।