काठमाडौं–देशका अधिकांश स्थानमा आज दिनभरजसो आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार अहिले देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भू–भागहरूमा मौसम सफा छ।
दिउँसो तराईका भू–भागमा आंशिक बदली र पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाको दाबी छ।
अपराह्नतिर देशका पहाडी भू–भागका थोरै स्थान र तराईका एक–दुई स्थानहरुमा मेघगर्जन तथा हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको पनि महाशाखाको भनाइ छ।
राति देशका तराईका भू–भागमा आंशिक बदली र पहाडी भू–भागमा सामान्य बदली रहनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।