काठमाडौं– सरकारले ४ जना विशिष्ट श्रेणीका अधिकृत (सचिव)को सरुवा गरेको छ। केही दिन अगाडि बसेको मन्त्रिपरिषदको बैठकले ४ जना सचिवको सरुवा गरेको हो।
जसमा सचिव देवन्द्र कार्कीलाई उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सरुवा गरिएको छ। कार्की राष्ट्रिय सतर्कता केन्द्रका प्रमुख अधिकृत थिए।
यसैगरी, उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेश कुमार घिमिरेलाई राष्ट्रिय सतर्कता केन्द्रमा सरुवा गरिएको छ।
कृषि तथा पशुपंक्षी मन्त्रालयका सचिव पेम नारायण कंडेललाई वन तथा वातावरण मन्त्रालयमा सरुवा गरिएको छ।
यसैगरी, मुकुन्दप्रसाद पौड्याललाई प्रमुख सचिवको रुपमा मुख्य मन्त्री तथा मन्त्रिपरिषदको कार्यालय बागमती प्रदेशमा सरुवा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।