काठमाडौं- सरकारले त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि विजेता टोलीका खेलाडीलाई जनही चार लाख रूपैयाँ पुरस्कार दिने भएको छ।
यस्तै, सोही प्रतियोगिताका प्रशिक्षकलाई २ लाखका दरले पुरस्कार दिने निर्णय भएको सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले बताए।
चैत १६ गते काठमाडौंको दशरथ रंगशालामा भएको फाइनल खेलमा बंगलादेशलाई २-१ ले पराजित गर्दै नेपालले उपाधि जितेको थियो। दशरथ रंगशालामा नेपाल, बंगलादेश र कीर्गिस्तानबीच त्रिदेशीय फुटबल भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।