काठमाडौं– भेरी अस्पतालमा विगत ३६ घन्टाको अवधिमा कोरोना परीक्षण गरिएका मध्ये ८०.९ प्रतिशतलाई संक्रमण पुष्टि भएको छ।
गत ३६ घन्टामा परीक्षण गरिएका कुल नमुना २८८ मध्ये कोभिड पुष्टि भएकाहरुको संख्या २३३ रहेको भेरी अस्पतालले जानकारी गराएको छ।
२३३ मध्ये १३९ जना पुरुष र ९४ जना महिला रहेका अस्पतालले जनाएको छ।
संक्रमितमा बाँकेका २०८, बर्दियाका १३, कैलालीका २, दाङका २ र अन्य जिल्लाबाट ८ जना रहेका छन्।
पालिका अनुसार नेपालगंज उपमहानगरपालिकाबाट मात्र १८२ जना संक्रमितको पहिचान भएको छ। उमेर समूहमा २० वर्ष देखि ५० वर्ष उमेर समूहका मात्र १७४ जना छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।