• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २४, २०८२ Tue, Jul 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट
मप्रति भएको व्यवहार अन्यायपूर्ण हो, प्रतिकार गर्छु : झलनाथ खनाल
64x64
नेपाल लाइभ बुधबार, जेठ ९, २०७५  ००:१८
1140x725

काठमाडौं- नेकपा एमाले र माओवादी केन्द्रबीच एकताको घोषणा हुँदै गर्दा एमालेका वरिष्ठ नेता झलनाथ खनाल कतै देखा परेनन्। 'यो दिन पार्टी एकता हुन्छ' भन्ने कुनै जानकारी नपाएका नेता खनाल पार्टी एकीकरणपछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) घोषणाका बेला उपचारका लागि चीनमा थिए। पार्टी एकताप्रति सुरुदेखि नै उत्साहित र सकारात्मक देखिएका नेता खनाल एमालेको दोस्रो बरियताका नेता हुन्। तर, नेकपाले पार्टीको शीर्ष नेताहरु रहनेगरीको सचिवालय गठन गर्दा खनाल तेस्रो बरियतामा पुगे। अर्थात्, दुई अध्यक्षपछिको बरियतामा वरिष्ठ नेताका रुपमा माधवकुमार नेपाललाई राखियो र त्यसपछि मात्र नेता खनाललाई राखियो। खनालले सुरुदेखि नै यो विषयमा असन्तुष्टि जनाउँदै आएका छन्। सोमबार बसेको सचिवालयको पहिलो बैठकमै नेता खनालले आफ्नो असन्तुष्टि जाहेर गरे। साथै, पार्टीको कतिपय सांगठनिक संरचनामा भूमिका नपाएका अन्य नेताबाट पनि असन्तुष्टिका स्वरहरु सुनिन थालेका छन्। उत्साहका साथ दुई कम्युनिस्ट पार्टीबीच भएको एकता लगत्तै देखिएका असन्तुष्टिले नयाँ पार्टीलाई 'पहिलो गाँसमै ढुंगा' त हुने होइन? भन्ने आशंका गर्न थालिएको छ। यिनै सेरोफेरोमा रहेर नेकपाका वरिष्ठ नेता खनालसँग नेपाल लाइभका किशोर दहालले कुराकानी गरेका छन्:

लामो समयको प्रयासमा एमाले र माओवादी केन्द्रबीच एकता सम्भव भएको छ। यसप्रति तपाईंको समग्र बुझाइ के छ?

यो एकता नेपाली जनताको इच्छा र नेपालको आवश्यकता बमोजिम भएको छ। नेपालको कम्युनिष्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलनको आवश्यकता अनुसारको कुरा हो। दुवै पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरुले यो एकता प्रक्रियालाई अगाडि बढाउन प्रयत्न गरिरहनुभएको थियो। त्यसको परिणामस्वरुप पनि एकता भयो। यो ऐतिहासिक एकता पनि हो। दूरगामी र निर्णायक महत्त्वको एकता पनि हो। त्यसैले यो एकतालाई अभिनन्दन गर्नुपर्छ। यसलाई सुरक्षित गरेर अघि बढाउनुपर्छ।

पहिले पनि माले, एमालेतथा एकता केन्द्र लगायतका शक्ति गठन हुँदा यस्तै उत्साह पाइन्थ्यो। तर, ती सबैले फुटकै बाटो रोजे। त्यही विगत अब पनि नदोहोरिएला भनेर कसरी आश्वस्त हुने?

हामीले ०३२ सालबाट विभाजित कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्न सुरुवात गरेका हौं। त्यसपछि त्यो एकताको प्रक्रिया लहरका रुपमा अघि बढेर गयो। ३५-३६ वटा समूहलाई हामीले एकताबद्ध गरिसकेका छौं। तर, ठूलो एकता प्रक्रियाका रुपमा यो एकता भने अन्तिम कडी हो। यद्यपि, साना मसिना समूहहरु अरु पनि छन्। उनीहरु पनि एकतामा आउलान्।

अहिलेको एकताले जुनखाले उत्साह र उमंग सिर्जना गरिरहेको छ, त्यसले नयाँ मूल्य र मान्यता सिर्जना गर्न सक्छ। त्यसैले पहिले एकाध पटक विभाजन भए पनि मालेको गठनपछि निरन्तर एकताको प्रक्रिया नै अघि बढेको देखिन्छ।

यो एकता दीगो हुन्छ, टिकाउ हुन्छ। र, यसले ठूलो परिणाम नेपाली 8मा जन्माउँछ।

तपाईंले दाबी गर्नुभए जस्तै यो एकता दीगो हुने आधार चाहिँ के हो?

मूख्य आधार भनेको यसको कार्यदिशा, नीति, सिद्धान्त र लक्ष्य हुन्। ती कुरामा कुनै भ्रम छ भने पार्टी एकता दीगो हुँदैन। तर, यो पार्टी ती सबैकुरामा स्पष्ट छ। एकता दीगो हुने आधार यिनै हुन्।

यो एकताको 'फाइनल टच'का बेला तपाईं देखिनुभएन। यस्तो ठूलो घटनालाई किन बेवास्ता गर्नुभएको?

खासमा म उपचारको सिलसिलामा चीनतिर लागेको थिएँ। युवा दिवसका दिन पार्टी अध्यक्ष र म सँगै थियौं। उहाँले एकताबारे कुनै संकेत गर्नुभएको थिएन। उहाँले संकेत नगरेकै कारणले म चीनतिर लागेको थिएँ। तर, उहाँले पछि भन्नुभए अनुसार अपर्झट एकताको कुरा अघि बढ्यो, पहिले नै त्यो दिन एकता गर्ने कुरा थिएन। त्यसैले म नदेखिनु एउटा संयोग हो।

तपाईंलाई केपी शर्मा ओलीदेखि पुष्पकमल दाहाल प्रचण्डसम्मको कार्यशैली थाहा छ। ओलीले भनेजस्तै तपाईंलाई थाहा नहुनेगरी अपर्झट एकता भयो भन्ने लाग्छ?

जेसुकै भए पनि एउटा संयोग भयो। त्यसैले प्रक्रियाको अन्तिम दृश्यमा म प्रत्यक्ष देखिन पाइनँ। त्यसका निम्ति मलाई अपशोच छ। हुन त त्यसबारे मैले कुनै सूचना पनि पाइनँ। त्यसका लागि पनि मलाई अपशोच छ। तर, एकता त भइसक्यो। जुन ऐतिहासिक घटना हो। त्यसलाई अगाडि बढाएर जानुपर्छ।

तपाईंहरुले ९ सदस्यीय सचिवालय बनाउनुभएको छ। तर, त्यो संरचना त्यति अभ्यासमा देखिँदैन। नयाँ पार्टीमा त्यसलाई किन महत्त्व दिनुभयो?

नेकपा एमाले र माओवादी दुवैमा सचिवालय थियो। त्यसको अभ्यास हामीले लामै समयदेखि गर्दै आएका थियौं। यो सचिवालय पनि त्यही अभ्यासको एउटा निरन्तरता हो भन्न सकिन्छ। अहिले माथि एउटा हाइकमान्ड बनाउनुपर्ने आवश्यकता महसुस भयो। अपर्झट आइलाग्ने विषयहरुमा निर्णय गर्नका लागि सचिवालय बनाएको हो। यसमा अहिले ९ जना छौं, तर त्यसको आकारप्रकारमा केही तलमाथि हुन पनि सक्छ।

तपाईं एकताको अन्तिम घडीमा हुनुहुन्न थियो। तर, चीनबाट फर्किएपछि सचिवालयको संरचना तथा बरियताक्रममा आपत्ति जनाइराख्नुभएको छ। तपाईंको असहमति के हो?

म नेकपा एमालेको नवौं महाधिवेशनले नै निर्णय गरेको वरिष्ठ नेता हो। अरु कसैलाई पनि बनाएको थिएन। र, पार्टी अध्यक्षभन्दा दोस्रो बरियतामा रहेको नेता हुँ। तर, एकीकरणको प्रक्रियामा तलमाथि गरियो। मलाई तेस्रो नम्बरमा पुर्‍याइयो। त्यही तेस्रो नम्बरमा पुर्‍याउने कुराप्रति मेरो आपत्ति थियो। त्यो आपत्ति मैले सचिवालयमा प्रकट गरें। त्यसबारे पुनर्विचार गरियोस् भन्ने मेरो माग छ। म पार्टीको प्रक्रियालाई पर्खिन्छु।

तपाईंको आपत्तिप्रति अध्यक्षहरुले केही भन्नुभयो?

त्यसबारे थप छलफल गर्ने कुरा भएको छ।

सचिवालयको संरचनाप्रति बाहिर कार्यकर्तामा केही उत्सुकता र आपत्ति दुवै पाइन्छ। त्यो संरचना निर्माण गरिरहँदाखेरि सिनियर नेताहरुमा छलफल भएन?

अन्तिम प्रक्रियामा त म भइनँ नै। त्यसैले कति छलफल भयो भन्ने कुरा नै बेग्लै भयो। तर, यस्ता संरचना कसरी निर्माण गर्ने भन्ने कुरामा भने पहिल्यैदेखि छलफल भइरहेको थियो। संरचनाको वस्तुगत आकारको विषयमा प्रस्टै थियो। यद्यपि, को-को व्यक्ति राख्ने भन्नेमा अन्तिममा निर्णय भयो। त्यसले सबैलाई सन्तुष्ट बनाएको भने छैन। केन्द्रीय कमिटीमा ल्याउने कुरामा पनि असन्तुष्टि छन्। त्यसैले परिमार्जित र परिष्कृत गरेर यी संरचना अघि बढ्नुपर्छ भन्ने मलाई लाग्छ।

पूर्व एमाले र पूर्व माओवादीमा गुट चलाएर बस्ने प्रवृत्ति देखिन्थ्यो। शीर्ष नेताका आआफ्नै गुट थिए। अबको संरचनामा जाँदा झलनाथ खनाल आफू कसरी अगाडि बढ्नुहुन्छ?

म सुरुदेखि नै गुटबन्दीको विरुद्धमा लड्दै आएको नेता हुँ। नेकपा एमालेभित्रको गुटबन्दीको विरुद्धमा पनि लड्दै आएँ। अहिलेको एकताले विगतका गुटहरु सामु प्रश्न उठाइदिएको छ। यो प्रश्नले गुटबन्दीलाई निरुत्साहित बनाउने वातावरण बन्न सक्छ। म त्यसकै निम्ति सक्रिय हुन्छु।

नयाँ पार्टीमा म नयाँ परिस्थिति देखिरहेको छु। हिजो एमाले र माओवादीमा रहेका जुन गुटहरु थिए ती अब खलबलिएका छन्। हिजो जो जुन गुटमा थिए, अब ती त्यसैमा रहँदैनन्। यसबीचका घटनाक्रमले त्यसलाई प्रस्ट पारिसकेको छ।

सरकारको पनि कुरा गरौं। यो सरकार गठन भएको झन्डै सय दिन पुग्न थालेको छ। कसरी मूल्यांकन गर्नुभएको छ?

सरकार क्रमशः जनताको मुद्दालाई कसरी अगाडि बढाउने, विकास र रुपान्तरणको कामलाई कसरी अगाडि बढाउने भन्ने बारे चिन्तन-मनन् गर्ने नीति र प्रक्रियामा थियो। अहिले सरकारको नीति तथा कार्यक्रमहरु आएपछि उसका नीति, लक्ष्य र प्राथमिकता आएमको छ। अब त्यसलाई कार्यान्वयन गर्ने चुनौतीसामु सरकार पुग्दैछ। सरकार ठीक ढंगले अघि बढ्यो भने ती चुनौती सामना गर्न सक्छ।

हामी शासन प्रणालीको नयाँ अभ्यासमा छौं। कार्यशैली र परिणाममा परिवर्तन आउला भन्ने अवस्था देखिएको छैन। सरकारमा त्यस किसिमको इच्छाशक्ति देखिन्छ त?

हेर्ने दृष्टिकोणमा पनि निर्भर हुनसक्छ। चस्मा कस्तो छ त्यसमाथि पनि भर पर्छ। तर, अहिले आएको नीति तथा कार्यक्रम मेरो विचारमा एउटा ब्रेकथ्रु हो। तर कार्यान्वयन चाहिँ चुनौतीपूर्ण छन् भन्ने मलाई पनि लाग्छ। त्यसलाई सामना गर्न यो सरकारले सक्नुपर्छ।

लामो समयदेखिको कम्युनिष्ट आन्दोलन, जसले गर्दा कम्युनिष्टको एकल र बलियो सरकार होस् भन्ने धेरेको अपेक्षा थियो। त्यो अवस्था अहिले आएको छ। यस्तो बेलामा प्रधानमन्त्रीका कुरा होइन, काम बढी चाहियो भनिएको छ। तर, प्रधानमन्त्री त कुरा मात्रै बढी गरिरहनुभएको छ। यस्तो अवस्थामा उहाँले चुनौतीलाई चिर्न सफल हुनुहोला त?

विगतदेखि जे भइरहेको छ, त्यसलाई ब्रेकथ्रु गरेर जान सक्नुपर्छ। नयाँ आत्मविश्वास सिर्जना गर्नुपर्छ। त्यसका लागि पाँचवटा कुरा ध्यानमा राख्नुपर्छ। पहिलो, हामीले अभ्यास गरिरहेको लोकतन्त्र कलिलो छ। त्यसको रक्षा गर्नुपर्छ। दोस्रो, हाम्रो राष्ट्रियता अहिले पनि कमजोर छ। त्यसलाई बलियो र सुदृढ बनाउने काम गर्नुपर्छ। हाम्रो सीमानासम्म स्पष्ट छैन। यस्तो लज्जास्पद अवस्था अन्त्य गर्नुपर्छ। तेस्रो, सामाजिक आर्थिक रुपान्तरण। त्यसैले विकास निर्माण र रुपान्तरणको कामलाई तीव्र र व्यापक बनाएर लैजानुपर्छ। हिजोको नीति तथा कार्यक्रमले त्यसको आधार खडा गरेको छ। त्यसलाई कार्यान्वयन गर्नुपर्छ। चौथो, हाम्रो देश बहुल संस्कृतियुक्त देश हो। त्यसको जोगाड, विकास र रुपान्तरण गरेर वैज्ञानिक संस्कृतिको निर्माण गर्नुपर्छ। र पाँचौं कुरा, सन्तुलित विदेश नीति।

तर, पहिलो गाँसमा ढुंगा देखियो। पार्टी एकता गर्दै गर्दा नै नेता झलनाथ खनाल असन्तुष्ट देखिनु भइसक्यो। यो सरकारलाई कसरी सहयोग होला र?

एउटा ठूलो राष्ट्रिय अभियान चलिरहेको बेलामा त्यसभित्रका प्रक्रियामा सकारात्मक र नकारात्मक कुराहरु हुन्छन्। मप्रति जे व्यवहार भएको छ, त्यो त अन्यायपूर्ण व्यवहार हुँदै हो। त्यसको म प्रतिकार गर्छु। आफ्नो ठाउँबाट प्रतिकार गर्छु। तर त्यसले मुलुकमा वस्तुगत रुपमा अगाडि बढिरहेको ऐतिहासिक प्रक्रिया छ, त्यसलाई तलमाथि गर्दैन। तलमाथि हुन पनि दिनुहुँदैन।

हिजोसम्म एउटा दह्रो गुट चलाइरहनु भएको र एकआपसका परस्पर विरोधी केपी ओली र माधव नेपाल एकै ठाउँमा उभिन पुग्नुभयो, जसका कारण ओलीले तपाईंलाई माइनस गरेर नेपाललाई उकाल्नुभयो नि!

यो प्रश्न उहाँलाई नै सोध्नुपर्ला।

केपी ओलीको गुटमै छिरिसक्नुभयो माधव नेपाल। भोलि अध्यक्ष वा अन्य कुराको आश्वासन भएर हो कि!

अब उहाँहरुसँग दुइटा गुट छन् भन्ने मलाई लाग्दैन। उहाँहरु एउटै नै हो। अब ज-जसका जे-जे गुट थिए, ती सबै विघटन हुन्छन्। त्यसैले कसैको पनि यो गुट रह्यो भन्ने अवस्था छैन। अब सबैका गुट विघटन हुन्छन्। र फेरि नयाँ गुटबन्दी भयो भने नयाँ ढंगले हुन्छन्। तर, गुटबन्दी अन्त्य गरेर पार्टीलाई एकीकृत ढंगले अघि बढाउने नयाँ सम्भावना सुरु भएको छ।

अब पार्टीभित्र तपाईंले प्रचण्डलाई साथ दिने हो?

म सबैलाई साथ दिन्छु। यसलाई दिन्छु वा दिन्नँ भन्ने कुरा छैन। जसले राम्रो विचार र व्यवहार अगाडि सार्छ, त्यसलाई साथ दिन्छु।

दुई वर्षपछि प्रचण्ड प्रधानमन्त्री हुने, महाधिवेशनपछि पार्टी अध्यक्ष हुने आन्तरिक सहमति भएको हो?

जे कुराको समझदारी भएको छ, त्यो लागू हुन्छ।

त्यस्तै सहमति भएको हो?

हामीले बाहिर त भनेका छैनौं तर क्रमशः आउँछन् यी कुराहरु। यसलाई धैर्यतापूर्वक पर्खौं।

यो समग्र प्रक्रियामा केही भद्र सहमति पनि भएका छन्?

पार्टी एकीकरण हुँदा जति कुरा भए, त्यसका दुईवटा पाटा छन्। एउटा पाटो बाहिर नै दस्तावेजीकरण भएर आएको छ। कतिपय कुरा अन्डरस्ट्यान्डिङ पनि छन्, ती क्रमशः लागू हुन्छन्।

तर, केपी ओलीले प्रचण्ड र माधव नेपाल दुवैलाई अबको अध्यक्ष तपाईं नै हो भनेर ललिपप बाँड्नुभएको छ भन्ने कुरा पनि आइरहेका छन् नि!

ललिपप जसले बाँडे पनि त्यसको पछाडि कोही लाग्ला भन्ने मलाई लाग्दैन। पार्टी विल्कुल नयाँ परिस्थितिमा आइपुगेको छ। यो परिस्थितिमा पार्टीलाई सही ढंगले हाँक्न सक्नुपर्छ। विचार, नीति र योजना दिन सक्नुपर्छ। पार्टी कार्यकर्तालाई परिचालन र हाँक्न सक्नुपर्छ। यी काम गर्न सक्ने मात्रै नेता हुनसक्छ। अन्यथा कुनै पनि गठजोडबाट पार्टी चल्दैन। यो कुराचाहिँ मलाई पूर्ण विश्वास छ।

अहिले त सिद्धान्तमा बहसभन्दा पनि पोजिसनमा बढी बहस भएको देखियो नि?

त्यो केही नेताको कुरा होला। तर, आम कार्यकर्तामा त्यस्तो अवस्था छैन। उनीहरुले विचार, नीति, दर्शन र सिद्धान्त खोज्छन्। यी सबैले एकीकृत पार्टीलाई अघि बढाउँछ।

तर अहिले त जसको शक्ति, उसको भक्ति देखिएको छ। त्यो त सचिवालयमा तपाईंलाई दिइएको वरियताले पनि देखिन्छ नि!

अहिले जुन पार्टी बनेको छ, त्यसलाई वैचारिक, सैद्धान्तिक र राजनीतिक रुपले रुपान्तरण गरिएन भने र पार्टीलाई एकीकृत ढंगले हाँक्ने काम गरिएन र सामूहिक रुपमा अगाडि बढाउने काम गरिएन भने यो पार्टी अहिले ठूलो त छ, तर यसको भविष्य हुँदैन। फेरि पनि गुट र महत्त्वाकांक्षाको आधारबाट, जसको शक्ति उसको भक्तिको आधारबाट, दलनमलन गर्ने कार्यशैलीबाट अगाडि बढाउन खोजियो भने पार्टीको भविष्य हुँदैन।

कार्यकर्ताहरु एउटा आदर्शको पछि, त्याग, तपस्या र बलिदानको पछि लागेर सही ढंगले जनताको जनवाद र 8वाद प्राप्त गर्छौं भन्ने ध्येय र उद्देश्यका साथ लागेका छन्। तर, यो कसैको महत्त्वाकांक्षाको निम्ति मात्रै हुँदैछ भन्ने लाग्यो भने ती कार्यकर्ता त्यहाँ बसिरहन्छन् र? बस्दैनन्। निश्चित नीति, मूल्य, आदर्श र मान्यताका निम्ति मात्रै कार्यकर्ता लागिपरेका हुन्छन्।

प्रदेश ३ को मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई बनाउने आमबुझाइ थियो। तर, रातरात डोरमणि पौडेल खडा भए। राष्ट्रपतिको उम्मेदवारमा तपाईंलाई रोक्न राति १ बजेसम्म बैठक बस्यो। अहिले पनि तपाईंलाई वरियतामा तल राखियो। उही कार्यशैली त निरन्तर देखिन्छ नि होइन?

हो, कार्यशैलीमा गम्भीर कमजोरीहरु देखापरेका छन्। तपाईंले भनेका घटनाक्रममा पार्टीको कमजोरी भएका हुन्। अब एकीकृत पार्टीले यस्ता कमजोरी सुधारेर अघि बढ्नुपर्छ। हटाउन सकिन्छ। सकिएन भने तपाईंहरुले भनेजस्तै दुर्भाग्य आउँछ। हटाएर जान सकिने सम्भावना छन्। त्यसमा दृढ भएर जानुपर्छ।

समग्रतमा तपाईंले भनेजस्तो र पार्टीलाई कार्यकर्ताको भावनामा त्यसैगरी अगाडि बढाउन कसले सक्ला त?

एउटा व्यक्ति त कसैले पनि सक्दैन। सामूहिक रुपले नेतृत्व गर्ने हो र त्यसलाई ठीक ढंगले लागू गर्ने हो भने असाधारण शक्ति अहिले नेकपामा कायम भएको छ। त्यो शक्तिलाई उपयोग गर्नुपर्छ। तर, व्यक्तिले होइन, समूहले।

तर, तपाईंले प्रचण्डले सबै मिलाएर लान्छन्, उहाँकै नेतृत्व ठीक छ भन्नुभयो भन्ने कुरा सार्वजनिक भएका छन् नि!

प्रचण्ड जस्तो अवस्थाबाट विकसित भएर आउनुभयो, पार्टी हाँकेर आउनुभयो, अहिले एकताको निम्ति भूमिका खेल्नुभयो त्यसलाई मैले अभिनन्दन गरेको छु, धन्यवाद दिएको छु। उहाँको समेत सक्रियता र भूमिकाले पार्टी एकता सम्भव भयो। यदि, उहाँले नचाहेको भए यो एकता सम्भव हुने थिएन। त्यस अर्थमा उहाँको मैले प्रशंसा गरेको छु, अहिले पनि गर्छु।

अन्तिममा भद्र सहमतिलाई जोडौं, अबको महाधिवेशनबाट प्रचण्ड अध्यक्ष र अबको राष्ट्रपति तपाईं भन्ने कुरा पनि आएको छ। त्यस्तै हो?

म कसैसँग भद्र सहमति गरेर जान चाहन्नँ। म पार्टीलाई समग्रतामा बलियो बनाएर लिएर जानुपर्छ भन्ने ठान्छु।

प्रकाशित मिति: बुधबार, जेठ ९, २०७५  ००:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कार्यदल बनाएर संविधान संशोधन प्रक्रिया अगाडि बढाउन कांग्रेसको निर्णय
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी
नेपाल लाइभ समाचार, असार 23 #live
सम्बन्धित सामग्री
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ ५९ पैसा र बिक्रीदर १६१ रुपैयाँ २९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८७ रुपैयाँ ७२ पैसा र... मंगलबार, असार १७, २०८२
सिरहामा आँप उत्पादनमा कमी गत वर्ष नौ हजार हेक्टर क्षेत्रफलमा ९९ हजार दुई सय ३५ मेट्रिक टन आँप उत्पादन भएको थियो । तर, यस वर्ष नौ हजार २५ हेक्टर क्षेत्रफलमध्ये... सोमबार, असार १६, २०८२
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर त्यसैगरी युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६० रुपैयाँ ६५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८७ रुपैयाँ... सोमबार, असार १६, २०८२
ताजा समाचारसबै
कार्यदल बनाएर संविधान संशोधन प्रक्रिया अगाडि बढाउन कांग्रेसको निर्णय सोमबार, असार २३, २०८२
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी सोमबार, असार २३, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्