प्रतिकात्मक तस्वीर
सल्यान– परीक्षा दिन हिँडेकी सल्यानकी एक बालिकाको बाटोमै लडेर मृत्यु भएको छ।
मृत्यु हुनेमा सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नम्बर २ अत्तरकाँडाकी चन्द्रकला सार्की छन्।
छत्रेश्वरी – १ स्थित भानुभक्त मावि दमाचौरमा कक्षा १० मा अध्ययनरत सार्कीको मंगलबार बिहान गणित विषयको परीक्षा दिन जाने क्रममा लडेर मृत्यु भएको हो।
जंगलको बाटो हुँदै परीक्षा दिन जाँदा सल्ली कुसुम (पिरोल)मा चिप्लिएर लडेपछि चन्द्रकलाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।