काठमाडौं– ८ वर्षीया बालिकामाथि जबरजस्ती करणी (बलात्कार) गरेको आरोपमा काठमाडौं प्रहरीले १ जना वृद्धलाई पक्राउ गरेको छ।
काठमाडौंको चन्द्रागिरी नगरपालिका–१४ नैकापमा ८ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा ६३ वर्षीय पुरुष (वृद्ध)लाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा तनहुँको दमौली नगरपालिका–१४ घर भइ काठमाडौंको चन्द्रागिरी नगरपालिका-१४ नैकाप बस्ने ६३ वर्षीय कमल थापा छन्।
पीडित बालिकाको परिवारका सदस्यले दिएको उजुरीका आधारमा महानगरीय प्रहरी बृत्त थानकोटबाट खटिएको प्रहरी टोलीले थापालाई पक्राउ गरेको हो।
पक्राउ परेका थापामाथि जबरजस्ती करणीको कसुरमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।