धुलिखेल– संरक्षति पंक्षी उल्लु चरासहित काभ्रे प्रहरीले १ जनालाई पक्राउ गरेको छ।
धुलिखेल नगरपालिका-९ काभ्रेभञ्ज्याङस्थित विपि राजमार्गबाट संरक्षित उल्लु प्रजातीको जस्तो देखिने जिउँदो चरो सहित प्रहरीले १ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा रामेछापको रामेछाप नगरपालिका-२ भिरकोट बस्ने ३४ वर्षीय केशर श्रेष्ठ छन्। श्रेष्ठलाई सोमबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा भकुण्डेबाट धुलिखेलतर्फ पैदल आइरहेका केशरलाई उक्त चरोसहित फेला पारी पक्राउ गरेको हो।
उनलाई आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय धुलिखेल काभ्रे पठाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।