उदयपुर–गाईघाट बजारबाट ब्राउनसुगरसहित दुई युवा पक्राउ परेका छन्।
ब्राउनसुगरसहित त्रियुगा नपा–३ मिलनचोकका ३४ वर्षीय श्यामकुमार चौधरी र सोही स्थान बस्ने २८ वर्षीय रेवत खातीलाई पक्राउ परेको प्रहरीले जनाएको छ।
सोमबार बेलुकी मिलनचोकमा ब्राउनसुगर कारोबार हुँदैछ भन्ने सूचनाका आधारमा छापा मार्दा २०० ग्राम ब्राउनसुगरसहित दुई युवा पक्राउ परेकको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
पक्राउ गरिएका दुवैलाई जिल्ला प्रहरी कार्यलयको हिरासतमा राखेर अनुसन्धान शुरु गरिएको उदयपुरका प्रहरी प्रमुख भीमप्रसाद दाहालले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।