काठमाडाैं- सरकारले शसस्त्र प्रहरी बल एपीएफका दुई एआईजीको एक वर्ष पदावधि थप गर्ने निर्णय गरेको छ।
साेमबार बसेको मन्त्रीपरिषद् बैठकले सशस्त्र नियमावलीमा सरकारले एक वर्ष पदावधि थप गर्नसक्ने प्रावधानअनुसार एआईजी पुष्पराम केसी र रामशरण पौडेलको पदावधि थप गर्ने निर्णय गरेको हो।
यी दुवै एआईजीको पदावधि यहि बैशाख २० गते सकिँदै थियो। एआईजीको चार वर्षे पदावधिका कारण उनीहरूले अवकाश पाउँदै थिए।
उनीहरू दुवै आईजी शैलेन्द्र खनालका ब्याची हुन्। खनाल आगामी चैत २८ गते चार वर्षे पदावधिका कारण अनिवार्य अवकाशमा जाँदैछन्।
केसी र पौडेलले भने ३० वर्षे सेवा अवधिका कारण २०७९ वैशाख १५ गते मात्र अवकाश पाउनेछन्।
जसकारण यी दुईमध्य १ जनाले १५ दिन आईजी हुने मौका पाउनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।