काठमाडाैं- एफसीले नेपाल सुपर लिग (एनएसएल) मा ललितपुर सिटी एफसी र चितवन एफसी बराबरीमा राेकिएका छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा ललितपुर र चितवनले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्।
ललितपुरका लागि कमल श्रेष्ठले गोल गर्दा चितवनका अमित तामाङले पेनाल्टीमार्फत बराबरी गोल फर्काए।
१९औं मिनेटमा ललितपुरले अग्रता लिएकाे थियाे। ललितपुरका निरज बस्नेतलाई गोरान जर्काेभिचले फल गरेपछि रेफ्रीले पेनाल्टी दिएकाे थियाे। तर, गाेलमा परिरणत हुन सकेन।
४९औं मिनेटमा कमलको गोलबाट ललितपुर सिटी एफसीले अग्रता लियो।
९०औं मिनेटमा चितवनले पेनाल्टी पायाे। पेनाल्टी बक्समा विनोद गुरुङले ह्यान्ड गरेपछि चितवनले पेनाल्टी पाएको थियो। जसलाई अमितले चुकाएन्।
बराबरी पछि ललितपुरले दुई खेलबाट १ अंक जोडेको छ। चितवनले १ अंक जोडेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।