काठमाडाैं- बुटवल लुम्बिनी एफसीले नेपाल सुपर लिग (एनएसएल) मा विजयी सुरुवात गरेकाे छ। आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा लुम्बिनीले पाेखरा थन्डर्सलाई २-० गाेल अन्तरले पराजित गरेकाे हाे।
लुम्बिनीकाे जितमा विदेशी खेलाडी अर्मान्ड वियडुअमले एक गाेल गरे भने अर्काे एक गाेल उपहार पाएकाे थियाे।
लुम्बिनीका लागि ४३औं मिनेटमा वियडुअमले फ्रि किकमा गाेल गर्दै अग्रता दिलाए। यस्तै, ७७औं मिनेटमा पाेखराका अजित भण्डारीले आत्मघाती गाेल गरेसँगै लुम्बिनीले खेल २-० ले जित्याे।
जितसँगै लुम्बिनीले ३ अंक जाेडेकाे छ। यस्तै, विराटनगर सिटी फुटबल कल्ब र काठमाडौं रेजर्सकाे पनि समान ३/३ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।