काठमाडाैं- विराटनगर सिटी फुटबल क्लबले नेपाल सुपर लिग (एनएसएल) मा विजयी सुरुवात गरेको छ।
आइतबार दशरथ रंगशालामा भएको खेलमा विराटनगले धनगढी फुटबल क्लब ३-० ले हराएकाे हाे।
पहिलो हाफमा विक्रम धिमालको गोलमा अग्रता लिएको विराटनगरले दोस्रो हाफमा २ गोल थपेको थियो। विराटनगरका लागि आडेलाजा सोमिडे र सन्तोष तामाङले १-१ गोल गरे।
विराटनगरले १६ औं मिनेटमा नै अग्रता लिएको थियो। उनका लागि विक्रमले सुरुवाति अग्रता दिलाएका थिए।
५७औं मिनेटमा आडेलाजाले गोल गर्दै अग्रता दोब्बर पारे। ६९औं मिनेटमा सन्तोषले गाेल गर्दै विराटनगरलाई ३-० काे जित दिलाए।
जितसँगै विराटनगर ३ अंक जोड्दै शीर्षस्थानमा उक्लिएको छ। यस्तै समान तीन अंक जाेडेकाे काठमाडौं रेजर्स दाेस्राे स्थानमा रहेकाे छ।
आइतबार नै दोस्रो खेलमा बुटवल लुम्बिनी र पोखरा थन्डर्सले खेल्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।