• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ ७, २०८३ Sun, Aug 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

सरकार नै गर्दैछ कोरोना संक्रमण बढाउने गतिविधि

64x64
नेपाल लाइभ आइतबार, वैशाख १२, २०७८  २०:५५
1140x725

काठमाडाैं- कोभिड–१९ महामारीको दोस्रो चरणको लहरले भयावह संकट निम्त्याइरहँदा विज्ञहरुले भनिरहेका छन्– यो चरण झन् बढी खतरनाक भएकाले स्वास्थ्य मापदण्ड पालनामा कडाइ गरौं। विज्ञहरुले संक्रमण विस्तार हुनबाट जोगिनका लागि भीडभाड हुने गतिविधि रोक्न, सबैतिर स्वास्थ्य मापदण्ड पालना गर्न–गराउन र त्यसका लागि सबैलाई सचेत बनाउन आग्रह गरिरहेका छन्। 

जनस्वास्थ्यविद्, संक्रामक रोग विशेषज्ञ एवं चिकित्सकहरुले देखाएको भयावह अवस्थालाई भने सरकार स्वयंले बेवास्ता गर्दै आएको छ। संक्रमणको अवस्था, भौतिक संरचना, अस्पतालहरुको क्षमतालगायतमा सरकारले समयमा चासो नदेखाउँदा कोरोना संक्रमणको गति बढिरहेको छ। संक्रमित बिरामीले अस्पतालमा बेड नपाउने अवस्था छ। विज्ञले दिएको सुझावलाई मनन नगरेको सरकारले आफैंले बनाएको स्वास्थ्य मापदण्ड पनि मिच्दै आएको छ।

बालुवाटारमा वैशाख ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको मन्त्रिपरिषद् बैठकले २५ जनाभन्दा बढी जमघट गर्न नपाउने स्वास्थ्य मापदण्ड लागू गर्ने निर्णय गरेको थियो। ‘मेला, महोत्सव, जात्रा, पर्व, विवाह, न्वारान, पास्‍नी, व्रतबन्ध, धार्मिक अनुष्ठान, मलामीलगायतका अत्यावश्यक परम्परागत धार्मिक तथा सांस्कृतिक क्रियाकलापहरू सञ्‍चालन गर्दा २५ जनाभन्दा बढी नहुने’, मन्त्रिपरिषद् बैठकको निर्णयमा भनिएको थियो। साथै, ‘सरकारी आदेश अवज्ञा गर्ने वा आदेश कार्यान्वयनमा बाधा पुर्‍याउने व्यक्ति तथा संस्थालाई संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही र सजाय गर्ने’ सरकारी निर्णयमा उल्लेख थियो।

निर्णय भयो तर, त्यसको पहिलो उल्लंघनकर्ता प्रधानमन्त्री केपी शर्मा ओली बने। जहाँबाट २५ जनाभन्दा भेला हुन नपाउने निर्णय गरियो, त्यही स्थान अर्थात् बालुवाटारमा ‘श्री सीताराम शोभा रथयात्रा स्थापना समारोह’ वैशाख ७ मा गरियो। वैशाख ८ मा हजारौंको संख्यामा उपस्थित भई चितवनमा रथयात्रा गरियो। स्वास्थ्य मापदण्ड मिच्‍ने कार्य बालुवाटारकै बलमा चितवनमा सोही कार्यका लागि भयो। सत्ताले नै ठूलो संख्यामा नागरिक उतारेर चितवनमा रथयात्रा गरिएको थियो।

वैशाख ७ गते बालुवाटारमा ‘श्री सीताराम शोभा रथयात्रा स्थापना समारोह’मा प्रधानमन्त्री ओली।  

स्वास्थ्य मापदण्ड मिच्‍ने क्रम त्यतिमै रोकिएन। बालुवाटारमै अर्को जमघटको आयोजना गरियो। सरकार र सत्तारुढ नेकपा एमालेका सबै कार्यक्रम बालुवाटारमा राख्‍ने प्रधानमन्त्री ओलीले गत शुक्रबार एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक डाके। स्वास्थ्य मापदण्डको ख्याल गरिएन। बालुवाटारमा राखिएको बैठक र स्वास्थ्य मापदण्ड उल्लंघन गरिएकोप्रति चौतर्फी आलोचना बढ्यो। बालुवाटार बैठकमा आयोजक कमिटीका अधिकांश सदस्य पुगेका थिए। कतिपय नेताले मास्कसमेत लगाएका थिएनन्। प्रधानमन्त्री ओली पक्षले गठन गरेको महाधिवेशन आयोजक कमिटीमा २६५ जना छन्।

स्वास्थ्य मापदण्डलाई सरकारकै तर्फबाट कुल्चिने कार्य शनिबार पनि जारी रह्यो। निर्माण पूर्णरुपमा सम्पन्‍न नभए पनि आफ्नो कार्यकालमा धरहरा बनेको जस सरकारलाई लिनु थियो। भीड जम्मा गरेर प्रधानमन्त्री ओलीले शनिबार धरहरा उद्‍घाटन गरे।

प्रधानमन्त्री ओलीको निर्णय गर्ने तर कार्यान्वयन नगर्ने क्रम शनिबार पनि जारी रह्यो। आइतबार पार्टीको बैठक बालुवाटारमा डाके। आकस्मिक रुपमा स्थायी कमिटी बैठक र महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा बोलाइएको थियो। आयोजक कमिटीको बैठक बस्‍नुअघि स्थायी कमिटी बैठक बसेको थियो। कोरोनाकै सन्दर्भमा छलफल गर्न बैठक बोलाइएको भने थिएन। सरकारविरुद्ध अविश्वास प्रस्तावको तयारी भएको र त्यसलाई आफ्नै पार्टीको माधवकुमार नेपाल  पक्षले सहयोग गर्ने आशंकामा उनीहरुलाई कारबाही गर्न बैठक बोलाइएको थियो। अविश्वासको प्रस्ताव अघि नबढ्ने संकेत पाएसँगै बैठकको अजेण्डा फेरिएको थियो।

वैशाख ११ गते भीडभाडयुक्त धरहरा उद्घाटनमा प्रधानमन्त्री ओली।

छोटो समय बसेर सकिएको बैठकमा प्रधानमन्त्री ओलीले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले शनिबार गरेका निर्णय सुनाएको एमाले प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए। ‘प्रधानमन्त्रीले कोरोना संक्रमण नियन्त्रणमा लाग्नका लागि विशेष निर्देशन दिनुभएको छ,’ प्रधानमन्त्रीले दिएको निर्देशनबारे मन्त्री ज्ञवालीले भने, ‘विदेशबाट आएका तथा सम्भावितलाई क्‍वारेन्टिनमा राख्‍न मद्दत पुर्‍याउन र क्‍वारेन्टिन बनाउन स्थानीय तहसँग समन्वय गर्ने निर्देशन दिनुभएको छ।’

nimb
nimb
Ncell 2
Ncell 2

गाउँ-गाउँमा जागरण अभियान सञ्‍चालन गर्नका साथै बिरामीलाई अस्पताल पुर्‍याउन मद्दत गर्न कार्यकर्तालाई प्रधानमन्त्रीले निर्देशन दिएका छन्। कोरोना संक्रमण नियन्त्रणका लागि बृहत् अभियानमा लाग्‍न पार्टीको सिंगो पङ्तिलाई प्रधानमन्त्रीको निर्देशन भएको ज्ञवालीले बताए।

कोरोनाले स्वरुप विस्तार गर्ने क्रममा पछिल्लो समय 'डबल म्युटेन्ट भेरियन्ट' हुँदै 'ट्रिपल म्युटेन्ट भेरियन्ट' देखिएको छ। यसअघि देखिएको भाइरसभन्दा डबल म्युटेन्ट भेरियन्ट थप संक्रामक भएको तथ्यहरुले सार्वजनिक गरेका छन्। डबल म्युटेन्ट भेरियन्ट बढी संक्रामक र रोग प्रतिरोधात्मक शक्तिलाई कमजोर बनाउने प्रकृतिको भएको संक्रामक रोग विज्ञ डा. अनुप बास्तोलाले बताए। यसले संक्रमित बिरामीलाई सिकिस्त बनाउने नयाँ तथ्यसमेत बाहिर आएको छ।

भारतको महाराष्ट्रमा परिवर्तित स्वरूपसहितको ‘ट्रिपल म्युटेन्ट भेरियन्ट’ भेटिएको छ। खतरनाक प्रकृतिको यस भाइरस तीव्र गतिमा फैलन सक्ने विज्ञहरुको भनाइ छ। संक्रमित बिरामीको रोग प्रतिरोधात्मक क्षमतालाई समेत यसले कमजोर बनाउन सक्ने विज्ञहरुको विश्लेषण छ। परिवर्तित यस भाइरस तीव्र गतिमा फैलनुको साथै सबै उमेर समूहमा सर्नसक्छ। ‘सबैभन्दा डरलाग्दो कुरा के छ भने हाम्रो शरीरमा कोरोना भाइरसविरुद्ध बनेको एन्टिबडीले काम गर्दैन। अर्थात्, जो व्यक्ति पहिले संक्रमित भई उसको शरीरमा एन्टिबडी बनिसकेको छ,’ भाइरोलोजिस्ट डा. लुना भट्ट भन्छिन्,‘अब त्यो एन्टिबडीले यो ट्रिपल म्युटेन्ट भाइरसविरुद्ध काम गर्दैन या त्यो एन्टिबडीले यो भाइरसलाई चिन्दैन।’ पहिले संक्रमित भएको व्यक्तिले एन्टिबडी छ भनी ढुक्क हुने अवस्था नरहेको उनले बताइन्।

यो पनि पढ्नुहोस्

तत्काल 'चेन ब्रेक' नगरे हामीले सम्हालिने मौका पाउने छैनौंशनिबार, वैशाख ११, २०७८

डबल म्युटेन्ट र ट्रिपल म्युटेन्ट भेरियन्ट छिटो फैलिने प्रकृतिको रहेको विज्ञको कुरालाई मन्त्री ज्ञवालीले पनि सुनाए। यस्ता प्रकृतिका बिरामीमा भर्ना भएका अधिकांशलाई अक्सिजनको आवश्यकता पर्ने उनको बुझाइ छ। सरकारको आकलन थप संकट आए धान्‍न सकिन्‍न कि भन्‍ने छ। त्यसलाई स्वीकार्दै मन्त्री ज्ञवाली भन्छन्, ‘हाम्रो क्षमताले अहिलेसम्मको अवस्थालाई धान्छ। यही रुपमा बढ्दै गयो भने अझ गाह्रो पनि पर्नसक्छ।’

अर्थतन्त्र थप जोखिममा पुग्‍ने भएकाले सरकार देशभर लकडाउन गर्ने पक्षमा देखिएको छैन। ‘तत्काल राष्ट्रव्यापी लकडाउन गर्ने पक्षमा हामी छैनौं। लकडाउनले एकछिनलाई कोरोनाको चेन ब्रेक गर्छ,’ ज्ञवालीले भने, ‘लकडाउन नै समाधान त होइन। भर्खर-भर्खर अर्थतन्त्र तङ्ग्रिन थालेकाले जिविकामा प्रतिकूल असर नपरोस् भन्‍ने सरकारको चाहना छ। हट-स्पटमा केही समयको लागि लकडाउन हुनसक्छ।’

भारतमा संक्रमण तीव्र हुँदा त्यसको प्रत्यक्ष असर नेपाललाई परेको छ। भारतसँग जोडिएका जिल्लाका सीमानाकाहरु खुला रहेकाले संक्रमणको गति थप वृद्धि हुने आकलन छ। भारतबाट दैनिक सरदर १० हजार नेपाल नागरिक स्वदेश फर्किएका छन्।

तर, त्योभन्दा पनि खतरनाक चाहिँ सरकार र सत्तारुढ दलको रवैया देखिएको छ। अरुलाई मापदण्ड पालनाका लागि बाध्य पार्नुपर्ने सरकार र सत्तारुढ दल मापदण्ड उल्लंघनमा अग्रसर भएर संक्रमणलाई तीब्र विस्तार गर्न कारक बन्नथालेको छ।

प्रकाशित मिति: आइतबार, वैशाख १२, २०७८  २०:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सकुशल भेटिइन बारामा हराएकी दुई वर्षीया बालिका
‘बलात्कार सामान्य हो भनेको होइन, मेरो अभिव्यक्ति तोडमोड गरियो’ : सोविता गौतम
भदौ २३ र २४ को घटनालाई रवीन्द्र मिश्रले गरे ‘विदेशी जासुसी विद्रोह’का रूपमा व्याख्या
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
सकुशल भेटिइन बारामा हराएकी दुई वर्षीया बालिका आइतबार, भदौ ७, २०८३
‘बलात्कार सामान्य हो भनेको होइन, मेरो अभिव्यक्ति तोडमोड गरियो’ : सोविता गौतम आइतबार, भदौ ७, २०८३
भदौ २३ र २४ को घटनालाई रवीन्द्र मिश्रले गरे ‘विदेशी जासुसी विद्रोह’का रूपमा व्याख्या आइतबार, भदौ ७, २०८३
काठमाडौँका निजी होस्टेललाई मापदण्ड सुधार्न एक महिनाको समय, नमाने शिलबन्दी गरिने आइतबार, भदौ ७, २०८३
‘राजनीतिक प्रणाली जोगिए मात्रै व्यवसाय सुरक्षित हुन्छ’: विमलेन्द्र निधी आइतबार, भदौ ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सरकार र दुर्गा प्रसाईँ नेतृत्वको महाअभियानबीच १४ बुँदे सहमति शनिबार, भदौ ६, २०८३
काठमाडौंमा छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु आइतबार, भदौ ७, २०८३
प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान आइतबार, भदौ ७, २०८३
गृहमन्त्रीसँगको वार्तामा गरिमाका परिवारले दोषीलाई मृत्युदण्ड दिनुपर्ने माग राखे शनिबार, भदौ ६, २०८३
गरिमाका बुबा-आमासँग तीन बुँदे सहमति : कानुन संशोधनको सुझाव दिन कार्यदल, सिमरामा सालिक निर्माण गरिने आइतबार, भदौ ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्