• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २३, २०८२ Thu, Oct 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट
सरकार नै गर्दैछ कोरोना संक्रमण बढाउने गतिविधि
64x64
नेपाल लाइभ आइतबार, वैशाख १२, २०७८  २०:५५
1140x725

काठमाडाैं- कोभिड–१९ महामारीको दोस्रो चरणको लहरले भयावह संकट निम्त्याइरहँदा विज्ञहरुले भनिरहेका छन्– यो चरण झन् बढी खतरनाक भएकाले स्वास्थ्य मापदण्ड पालनामा कडाइ गरौं। विज्ञहरुले संक्रमण विस्तार हुनबाट जोगिनका लागि भीडभाड हुने गतिविधि रोक्न, सबैतिर स्वास्थ्य मापदण्ड पालना गर्न–गराउन र त्यसका लागि सबैलाई सचेत बनाउन आग्रह गरिरहेका छन्। 

जनस्वास्थ्यविद्, संक्रामक रोग विशेषज्ञ एवं चिकित्सकहरुले देखाएको भयावह अवस्थालाई भने सरकार स्वयंले बेवास्ता गर्दै आएको छ। संक्रमणको अवस्था, भौतिक संरचना, अस्पतालहरुको क्षमतालगायतमा सरकारले समयमा चासो नदेखाउँदा कोरोना संक्रमणको गति बढिरहेको छ। संक्रमित बिरामीले अस्पतालमा बेड नपाउने अवस्था छ। विज्ञले दिएको सुझावलाई मनन नगरेको सरकारले आफैंले बनाएको स्वास्थ्य मापदण्ड पनि मिच्दै आएको छ।

बालुवाटारमा वैशाख ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको मन्त्रिपरिषद् बैठकले २५ जनाभन्दा बढी जमघट गर्न नपाउने स्वास्थ्य मापदण्ड लागू गर्ने निर्णय गरेको थियो। ‘मेला, महोत्सव, जात्रा, पर्व, विवाह, न्वारान, पास्‍नी, व्रतबन्ध, धार्मिक अनुष्ठान, मलामीलगायतका अत्यावश्यक परम्परागत धार्मिक तथा सांस्कृतिक क्रियाकलापहरू सञ्‍चालन गर्दा २५ जनाभन्दा बढी नहुने’, मन्त्रिपरिषद् बैठकको निर्णयमा भनिएको थियो। साथै, ‘सरकारी आदेश अवज्ञा गर्ने वा आदेश कार्यान्वयनमा बाधा पुर्‍याउने व्यक्ति तथा संस्थालाई संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही र सजाय गर्ने’ सरकारी निर्णयमा उल्लेख थियो।

निर्णय भयो तर, त्यसको पहिलो उल्लंघनकर्ता प्रधानमन्त्री केपी शर्मा ओली बने। जहाँबाट २५ जनाभन्दा भेला हुन नपाउने निर्णय गरियो, त्यही स्थान अर्थात् बालुवाटारमा ‘श्री सीताराम शोभा रथयात्रा स्थापना समारोह’ वैशाख ७ मा गरियो। वैशाख ८ मा हजारौंको संख्यामा उपस्थित भई चितवनमा रथयात्रा गरियो। स्वास्थ्य मापदण्ड मिच्‍ने कार्य बालुवाटारकै बलमा चितवनमा सोही कार्यका लागि भयो। सत्ताले नै ठूलो संख्यामा नागरिक उतारेर चितवनमा रथयात्रा गरिएको थियो।

वैशाख ७ गते बालुवाटारमा ‘श्री सीताराम शोभा रथयात्रा स्थापना समारोह’मा प्रधानमन्त्री ओली।  

स्वास्थ्य मापदण्ड मिच्‍ने क्रम त्यतिमै रोकिएन। बालुवाटारमै अर्को जमघटको आयोजना गरियो। सरकार र सत्तारुढ नेकपा एमालेका सबै कार्यक्रम बालुवाटारमा राख्‍ने प्रधानमन्त्री ओलीले गत शुक्रबार एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक डाके। स्वास्थ्य मापदण्डको ख्याल गरिएन। बालुवाटारमा राखिएको बैठक र स्वास्थ्य मापदण्ड उल्लंघन गरिएकोप्रति चौतर्फी आलोचना बढ्यो। बालुवाटार बैठकमा आयोजक कमिटीका अधिकांश सदस्य पुगेका थिए। कतिपय नेताले मास्कसमेत लगाएका थिएनन्। प्रधानमन्त्री ओली पक्षले गठन गरेको महाधिवेशन आयोजक कमिटीमा २६५ जना छन्।

स्वास्थ्य मापदण्डलाई सरकारकै तर्फबाट कुल्चिने कार्य शनिबार पनि जारी रह्यो। निर्माण पूर्णरुपमा सम्पन्‍न नभए पनि आफ्नो कार्यकालमा धरहरा बनेको जस सरकारलाई लिनु थियो। भीड जम्मा गरेर प्रधानमन्त्री ओलीले शनिबार धरहरा उद्‍घाटन गरे।

प्रधानमन्त्री ओलीको निर्णय गर्ने तर कार्यान्वयन नगर्ने क्रम शनिबार पनि जारी रह्यो। आइतबार पार्टीको बैठक बालुवाटारमा डाके। आकस्मिक रुपमा स्थायी कमिटी बैठक र महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा बोलाइएको थियो। आयोजक कमिटीको बैठक बस्‍नुअघि स्थायी कमिटी बैठक बसेको थियो। कोरोनाकै सन्दर्भमा छलफल गर्न बैठक बोलाइएको भने थिएन। सरकारविरुद्ध अविश्वास प्रस्तावको तयारी भएको र त्यसलाई आफ्नै पार्टीको माधवकुमार नेपाल  पक्षले सहयोग गर्ने आशंकामा उनीहरुलाई कारबाही गर्न बैठक बोलाइएको थियो। अविश्वासको प्रस्ताव अघि नबढ्ने संकेत पाएसँगै बैठकको अजेण्डा फेरिएको थियो।

वैशाख ११ गते भीडभाडयुक्त धरहरा उद्घाटनमा प्रधानमन्त्री ओली।

छोटो समय बसेर सकिएको बैठकमा प्रधानमन्त्री ओलीले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले शनिबार गरेका निर्णय सुनाएको एमाले प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए। ‘प्रधानमन्त्रीले कोरोना संक्रमण नियन्त्रणमा लाग्नका लागि विशेष निर्देशन दिनुभएको छ,’ प्रधानमन्त्रीले दिएको निर्देशनबारे मन्त्री ज्ञवालीले भने, ‘विदेशबाट आएका तथा सम्भावितलाई क्‍वारेन्टिनमा राख्‍न मद्दत पुर्‍याउन र क्‍वारेन्टिन बनाउन स्थानीय तहसँग समन्वय गर्ने निर्देशन दिनुभएको छ।’

Ncell 2
Ncell 2

गाउँ-गाउँमा जागरण अभियान सञ्‍चालन गर्नका साथै बिरामीलाई अस्पताल पुर्‍याउन मद्दत गर्न कार्यकर्तालाई प्रधानमन्त्रीले निर्देशन दिएका छन्। कोरोना संक्रमण नियन्त्रणका लागि बृहत् अभियानमा लाग्‍न पार्टीको सिंगो पङ्तिलाई प्रधानमन्त्रीको निर्देशन भएको ज्ञवालीले बताए।

कोरोनाले स्वरुप विस्तार गर्ने क्रममा पछिल्लो समय 'डबल म्युटेन्ट भेरियन्ट' हुँदै 'ट्रिपल म्युटेन्ट भेरियन्ट' देखिएको छ। यसअघि देखिएको भाइरसभन्दा डबल म्युटेन्ट भेरियन्ट थप संक्रामक भएको तथ्यहरुले सार्वजनिक गरेका छन्। डबल म्युटेन्ट भेरियन्ट बढी संक्रामक र रोग प्रतिरोधात्मक शक्तिलाई कमजोर बनाउने प्रकृतिको भएको संक्रामक रोग विज्ञ डा. अनुप बास्तोलाले बताए। यसले संक्रमित बिरामीलाई सिकिस्त बनाउने नयाँ तथ्यसमेत बाहिर आएको छ।

भारतको महाराष्ट्रमा परिवर्तित स्वरूपसहितको ‘ट्रिपल म्युटेन्ट भेरियन्ट’ भेटिएको छ। खतरनाक प्रकृतिको यस भाइरस तीव्र गतिमा फैलन सक्ने विज्ञहरुको भनाइ छ। संक्रमित बिरामीको रोग प्रतिरोधात्मक क्षमतालाई समेत यसले कमजोर बनाउन सक्ने विज्ञहरुको विश्लेषण छ। परिवर्तित यस भाइरस तीव्र गतिमा फैलनुको साथै सबै उमेर समूहमा सर्नसक्छ। ‘सबैभन्दा डरलाग्दो कुरा के छ भने हाम्रो शरीरमा कोरोना भाइरसविरुद्ध बनेको एन्टिबडीले काम गर्दैन। अर्थात्, जो व्यक्ति पहिले संक्रमित भई उसको शरीरमा एन्टिबडी बनिसकेको छ,’ भाइरोलोजिस्ट डा. लुना भट्ट भन्छिन्,‘अब त्यो एन्टिबडीले यो ट्रिपल म्युटेन्ट भाइरसविरुद्ध काम गर्दैन या त्यो एन्टिबडीले यो भाइरसलाई चिन्दैन।’ पहिले संक्रमित भएको व्यक्तिले एन्टिबडी छ भनी ढुक्क हुने अवस्था नरहेको उनले बताइन्।

यो पनि पढ्नुहोस्

तत्काल 'चेन ब्रेक' नगरे हामीले सम्हालिने मौका पाउने छैनौंशनिबार, वैशाख ११, २०७८

डबल म्युटेन्ट र ट्रिपल म्युटेन्ट भेरियन्ट छिटो फैलिने प्रकृतिको रहेको विज्ञको कुरालाई मन्त्री ज्ञवालीले पनि सुनाए। यस्ता प्रकृतिका बिरामीमा भर्ना भएका अधिकांशलाई अक्सिजनको आवश्यकता पर्ने उनको बुझाइ छ। सरकारको आकलन थप संकट आए धान्‍न सकिन्‍न कि भन्‍ने छ। त्यसलाई स्वीकार्दै मन्त्री ज्ञवाली भन्छन्, ‘हाम्रो क्षमताले अहिलेसम्मको अवस्थालाई धान्छ। यही रुपमा बढ्दै गयो भने अझ गाह्रो पनि पर्नसक्छ।’

अर्थतन्त्र थप जोखिममा पुग्‍ने भएकाले सरकार देशभर लकडाउन गर्ने पक्षमा देखिएको छैन। ‘तत्काल राष्ट्रव्यापी लकडाउन गर्ने पक्षमा हामी छैनौं। लकडाउनले एकछिनलाई कोरोनाको चेन ब्रेक गर्छ,’ ज्ञवालीले भने, ‘लकडाउन नै समाधान त होइन। भर्खर-भर्खर अर्थतन्त्र तङ्ग्रिन थालेकाले जिविकामा प्रतिकूल असर नपरोस् भन्‍ने सरकारको चाहना छ। हट-स्पटमा केही समयको लागि लकडाउन हुनसक्छ।’

भारतमा संक्रमण तीव्र हुँदा त्यसको प्रत्यक्ष असर नेपाललाई परेको छ। भारतसँग जोडिएका जिल्लाका सीमानाकाहरु खुला रहेकाले संक्रमणको गति थप वृद्धि हुने आकलन छ। भारतबाट दैनिक सरदर १० हजार नेपाल नागरिक स्वदेश फर्किएका छन्।

तर, त्योभन्दा पनि खतरनाक चाहिँ सरकार र सत्तारुढ दलको रवैया देखिएको छ। अरुलाई मापदण्ड पालनाका लागि बाध्य पार्नुपर्ने सरकार र सत्तारुढ दल मापदण्ड उल्लंघनमा अग्रसर भएर संक्रमणलाई तीब्र विस्तार गर्न कारक बन्नथालेको छ।

प्रकाशित मिति: आइतबार, वैशाख १२, २०७८  २०:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
टी–२० विश्वकप छनोट : कुवेतमाथि ५८ रनको जित
टी–२० विश्वकप छनोट : कुशल भुर्तेलको अर्धशतकमा कुवेतलाई १४२ रनको मध्यम लक्ष्य
देउवाले बोलाए पदाधिकारी बैठक
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
टी–२० विश्वकप छनोट : कुवेतमाथि ५८ रनको जित बुधबार, असोज २२, २०८२
टी–२० विश्वकप छनोट : कुशल भुर्तेलको अर्धशतकमा कुवेतलाई १४२ रनको मध्यम लक्ष्य बुधबार, असोज २२, २०८२
देउवाले बोलाए पदाधिकारी बैठक बुधबार, असोज २२, २०८२
टी-२० विश्वकप छनोट: नेपालले टस हार्‍यो, कुवेतविरुद्ध पहिला ब्याटिङ गर्दै बुधबार, असोज २२, २०८२
आन्दोलनभन्दा वार्ता र संवादबाट समस्या समाधान गर्न गृहको अनुरोध बुधबार, असोज २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेनको स्पष्टीकरण :  भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन मंगलबार, असोज २१, २०८२
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
आन्दोलनभन्दा वार्ता र संवादबाट समस्या समाधान गर्न गृहको अनुरोध बुधबार, असोज २२, २०८२
फूलपातीकै दिनदेखि मलाई पक्राउ गर्न प्रयास भइरहेको छ, बालेनको योजनामा ओलीसहित लेखकलाई पनि पक्राउ गर्ने षड्यन्त्र हुँदैछ : महेश बस्नेत बुधबार, असोज २२, २०८२
देउवाले बोलाए पदाधिकारी बैठक बुधबार, असोज २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विपद जोखिम नरहेका जिल्लामा सार्वजनिक सेवा सुचारु गर्न गृहको निर्देशन आइतबार, असोज १९, २०८२
वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित, विश्वकप क्वालिफायर भने खेल्ने बुधबार, असोज १५, २०८२
बालेनको स्पष्टीकरण :  भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन मंगलबार, असोज २१, २०८२
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
आन्दोलनभन्दा वार्ता र संवादबाट समस्या समाधान गर्न गृहको अनुरोध बुधबार, असोज २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्