काठमाडौं– नेकपा एमालेले स्थायी कमिटी सदस्य पुनर्गठन गरेको छ। शुक्रबार शुरु भएको एमाले महाधिवेशन आयोजक कमिटीको बैठकले स्थायी कमिटी पुनर्गठन गर्ने निणर्य गरेको हो।
पुनर्गगठित स्थायी कमिटीमा हाललाई १९ जनाको नाम राखिएको छ। पुनर्गगठित स्थायी कमिटीमा एकजना पनि महिलाको नाम भने छैन।
माओवादी केन्द्रसँग २०७५ जेठमा एकता हुनु अगाडि एमालेको स्थायी कमिटी २२ सदस्यीय थियो। २२ जनामध्ये स्थायी कमिटीमा अष्टलक्ष्मी शाक्यले महिलाको प्रतिनिधित्व गरेकी थिइन्।
तर, ओलीले पुनर्गठन गरेको स्थायी कमिटीमा एक जना पनि महिला अटाएका छैनन्।
पुनर्गठिन स्थायी कमिटी सदस्यमा केपी शर्मा ओली, वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा (बादल) र विष्णु पौडेललाई राखिएको छ।
यस्तै, किरण गुरुङ, टोपबहादुर रायमाझी, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, लेखराज भट्ट, सत्यनारायण मण्डल, विष्णु रिमाल, मणिचन्द्र (मणि) थापा, छबिलाल विश्वकर्मा, पृथ्वीसुब्बा गुरुङ, रघुवीर महासेठ, केशव बडाल र पुष्पलाल कँडेल पनि स्थायी कमिटीमा अटाएका छन्।
पुनर्गठित स्थायी कमिटीमा अटाएका मध्ये रामबहादुर थापा (बादल), टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणिचन्द्र (मणि) थापा माओवादी छाडेर ओलीलाई साथ दिँदै एमालेमा आएका नेताहरु हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।