काठमाडौं- बैंकिङ कसुरमा सात दिन कैद सजाय सुनाइएका व्यक्ति पक्राउ परेका छन्।
केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले धादिङको रोलाङ गाउँपालिका-५ का ४५ वर्षीय ध्रुर्वप्रसाद कँडेललाई आइतबार नक्सालबाट पक्राउ गरेको हो।
बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले गत मंसिर १९ गते उनलाई सात दिन कैद र १२ लाख ५० हजार जरिवानाको फैसला सुनाएको थियो।
कँडेलले आफ्नो खातामा पर्याप्त रकम नभएको जान्दाजान्दै प्रकाश न्यौपानेलाई साढे १२ लाख रुपैयाँ बराबरको चेक दिएका थिए।
पर्याप्त रकम नभएको भन्दै चेक नसाटिएपछि न्यौपानेले उनीविरुद्ध जाहेरी दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।