• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ३, २०८३ Tue, Oct 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

माधव नेपाल पक्षका सांसदलाई कारबाही गर्ने ‘ब्ल्यांक माइन्युट’मा केन्द्रीय सदस्यहरुको हस्ताक्षर

64x64
डिबी खड्का आइतबार, वैशाख १२, २०७८  १६:०६
1140x725

काठमाडौं– नेकपा एमालेको आइतबार बसेको १०औं महाधिवेशन आयोजक कमिटीले वरिष्ठ नेता माधव नेपाल पक्षका सांसदहरुलाई कारबाही गर्ने निर्णय गरेको छ। कारबाही गरिने सांसदको नाम र सूची टुंग्याउने जिम्मा भने प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र स्थायी कमिटी सदस्यलाई दिइएको छ।

बालुवाटारमा आइतबार बसेको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले आवश्यक परेको बेला निश्चित संख्याका सांसदमाथि ‘एक्सन लिन सकिने’ वैधानिक बाटो खोलेर आएको बताए। कारबाहीका लागि निर्णय भइसकेको उनको भनाइ छ। तर, कारबाहीमा पर्नेको संख्या र नामको अन्तिम टुंगो भने पछि लाग्ने उनले जानकारी दिए। 

आफू ‘ब्ल्यांक माइन्युट’मा हस्ताक्षर गरेर आएको संकेत गर्दै उनले भने, ‘तीव्र राजनीतिक परिवर्तन हुने संकेत छ। सरकार जोगाउनका लागि केहीलाई कारबाही हुन सक्छ। कारबाही गर्दा कानुनी समस्या नआउने बनाएर आएका छौं।’

अकस्मात कारबाही गर्नुपर्ने अवस्था आउँदा दोहोर्‍याएर केन्द्रीय सदस्यहरुलाई बोलाउनु नपर्ने तयारी पूरा गरेर आफू फर्किएको उनले सुनाए ।   केही शीर्ष नेताहरु बाहेक अरुलाई कारबाही गर्नुभन्दा पनि आफ्ना पक्षमा ल्याउने कसरतमा बालुवाटार अझै सक्रिय रहने संकेत उनले गरे। ‘सकेसम्म कारबाही गर्न नपरोस् भन्ने कुरा नै छ। कारबाही गर्नुपर्दा सरकारको विपक्षमा जानसक्ने सांसदमाथि कारबाही हुन सक्छ,’ उनले भने। 

आकस्मिक बैठकको रहस्य
प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले आकस्मिक बैठक किन बोलाए?  बैठक बोलाउनुअघि धेरैमा कौतूहल थियो। यही आधारमा नेपाल पक्षीय सांसदलाई कारबाही गर्ने खबर फैलिएको थियो।

तर, एमाले प्रवक्ता प्रदीप ज्ञवालीले कोरोना संक्रमण बढिरहेकाले त्यसका विरुद्ध लाग्न प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीले निर्देशन दिएको बताए। आइतबारको महत्त्वपूर्ण एजेन्डा नै कोरोनासम्बन्धी ब्रिफिङ रहेको उनको दाबी थियो।

सरकारले तय गरेको २५ जना भन्दा बढी भेला हुन नपाउने मापदण्ड मिचेर किन ‘कोरोना ब्रिफिङ’ जरुरी भयो? स्वभाविक प्रतिप्रश्नको उत्तर प्रवक्ता ज्ञवालीबाट आएन। 

तर, आइतबारको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले नाम नबताउने शर्तमा रहस्य खोले। उनको जानकारी यस्तो थियो, ‘प्रधानमन्त्रीज्यूले वरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनालले 'फ्लोर क्रस' गर्ने सूचना पाउनुभयो।’

Ncell 2
Ncell 2
nimb
nimb

शनिबार कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर वरिष्ठ नेताद्वय नेपाल र खनालले आफूहरु ‘फ्लोर क्रस गर्न तयार रहेको’ बताएको सूचना बालुवाटारले प्राप्त गरेको थियो।

त्यही सूचनाका आधारमा आकस्मिक बैठक बोलाइएको हो। खनाल–नेपालले देखाएको 'हरियो झन्डा'अनुसार कांग्रेस अविश्वास प्रस्तावका लागि सक्रिय भएको विश्लेषण बालुवाटारको छ।

सूची किन भएन फाइनल?
जुनसुकै बेला अविश्वास प्रस्ताव आउनेमा बालुवाटार सचेत छ। आइतबारको केन्द्रीय कमिटी बैठकमा राजनीतिक विकासक्रम तीव्र रहेकाले सबैलाई सचेत रहन प्रधानमन्त्री ओलीले निर्देशन दिएका छन्। एमाले सांसद महेश बस्नेतले पनि सबै नेताहरुलाई आ–आफ्नो ठाउँमा चनाखो रहन समेत निर्देशन दिएको बताए।

बैठकमा अविश्वास प्रस्ताव आउँदा विपक्षमा बहुमत नपुग्ने रणनीति तय गर्नका लागि नेपाल समूहका केही सांसदलाई कारबाही गर्नुपर्ने हुन सक्ने बताएका थिए। त्यसका लागि केन्द्रीय कमिटीको निर्णय जरुरी हुन्छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

एक सांसदले भन्छन्, ‘नेतृत्वले कुनै अप्रिय कदम चाल्नुपरे त्यसमा हाम्रो समर्थन छ भन्यौं र त्यो कदम गैरकानुनी नहुने गरी हस्ताक्षर गर्‍यौं ।'

प्रधानमन्त्री ओलीले कारबाही गर्नुपर्ने केही सांसदको सूची तयार पारे पनि आइतबारको बैठकमा त्यसलाई प्रस्तुत गरिएन। त्यसअघि बसेको शीर्ष तहका नेताहरुको बैठकमा भने ‘ब्रिफिङ’ भएको बुझिएको छ। नेपाल पक्षका केही सांसद ओली पक्षमा खुल्ने संकेत समेत दिएको बताइएको छ। उनीहरुले आइतबार बिहान प्रधानमन्त्री ओली र अरु नेतासँग ‘समय दिन’ आग्रह गरेको ओली पक्षका ती केन्द्रीय सदस्यको भनाइ छ। त्यसरी समय माग्नेमा नेपाल पक्षमा रहेका एक पूर्व मन्त्री समेत रहेको उनको दाबी छ।

प्रकाशित मिति: आइतबार, वैशाख १२, २०७८  १६:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... फरार भनिएका उनी गोरखा पुगेर गृहमन्त्रीसँगै हिँड्दै सेल्फी र भिडियो खिच्न सफल भएका थिए। मंगलबार, कात्तिक ३, २०८३
हिमपहिरोको जोखिम देखाएर जलविद्युत् आयोजना रोक्न नहुने भट्टराईको भनाइ, बूढीगण्डकीलाई बहुउद्देश्यीय परियोजना बनाउन सुझाव सरकारले राष्ट्रिय गौरवको बूढीगण्डकी परियोजना अघि बढाउन बूढीगण्डकी विकास प्राधिकरण विधेयकको सिद्धान्त स्वीकृत गर्ने निर्णय गरेसँगै यस... मंगलबार, कात्तिक ३, २०८३
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी उनले सशस्त्र प्रहरीका एसएसपी थापालाई अभद्र व्यवहार गरेपछि यो कसुर लागेको थियो। सोमबार, कात्तिक २, २०८३
ताजा समाचारसबै
चार दिनमै फेरि कारागारमा मंगलबार, कात्तिक ३, २०८३
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता] मंगलबार, कात्तिक ३, २०८३
दशैंमा घर जाँदा छुटाउनै नहुने यी औषधि मंगलबार, कात्तिक ३, २०८३
दशैंको खानपान र ग्यास्ट्राइटिस मंगलबार, कात्तिक ३, २०८३
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
किम जोङको मृत्युको अफवाहबीच उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमद्वारा तस्बिर सार्वजनिक मंगलबार, कात्तिक ३, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
दशैंको खानपान र ग्यास्ट्राइटिस मंगलबार, कात्तिक ३, २०८३
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्