• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

माधव नेपाल पक्षका सांसदलाई कारबाही गर्ने ‘ब्ल्यांक माइन्युट’मा केन्द्रीय सदस्यहरुको हस्ताक्षर

64x64
डिबी खड्का आइतबार, वैशाख १२, २०७८  १६:०६
1140x725

काठमाडौं– नेकपा एमालेको आइतबार बसेको १०औं महाधिवेशन आयोजक कमिटीले वरिष्ठ नेता माधव नेपाल पक्षका सांसदहरुलाई कारबाही गर्ने निर्णय गरेको छ। कारबाही गरिने सांसदको नाम र सूची टुंग्याउने जिम्मा भने प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र स्थायी कमिटी सदस्यलाई दिइएको छ।

बालुवाटारमा आइतबार बसेको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले आवश्यक परेको बेला निश्चित संख्याका सांसदमाथि ‘एक्सन लिन सकिने’ वैधानिक बाटो खोलेर आएको बताए। कारबाहीका लागि निर्णय भइसकेको उनको भनाइ छ। तर, कारबाहीमा पर्नेको संख्या र नामको अन्तिम टुंगो भने पछि लाग्ने उनले जानकारी दिए। 

आफू ‘ब्ल्यांक माइन्युट’मा हस्ताक्षर गरेर आएको संकेत गर्दै उनले भने, ‘तीव्र राजनीतिक परिवर्तन हुने संकेत छ। सरकार जोगाउनका लागि केहीलाई कारबाही हुन सक्छ। कारबाही गर्दा कानुनी समस्या नआउने बनाएर आएका छौं।’

अकस्मात कारबाही गर्नुपर्ने अवस्था आउँदा दोहोर्‍याएर केन्द्रीय सदस्यहरुलाई बोलाउनु नपर्ने तयारी पूरा गरेर आफू फर्किएको उनले सुनाए ।   केही शीर्ष नेताहरु बाहेक अरुलाई कारबाही गर्नुभन्दा पनि आफ्ना पक्षमा ल्याउने कसरतमा बालुवाटार अझै सक्रिय रहने संकेत उनले गरे। ‘सकेसम्म कारबाही गर्न नपरोस् भन्ने कुरा नै छ। कारबाही गर्नुपर्दा सरकारको विपक्षमा जानसक्ने सांसदमाथि कारबाही हुन सक्छ,’ उनले भने। 

आकस्मिक बैठकको रहस्य
प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले आकस्मिक बैठक किन बोलाए?  बैठक बोलाउनुअघि धेरैमा कौतूहल थियो। यही आधारमा नेपाल पक्षीय सांसदलाई कारबाही गर्ने खबर फैलिएको थियो।

तर, एमाले प्रवक्ता प्रदीप ज्ञवालीले कोरोना संक्रमण बढिरहेकाले त्यसका विरुद्ध लाग्न प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीले निर्देशन दिएको बताए। आइतबारको महत्त्वपूर्ण एजेन्डा नै कोरोनासम्बन्धी ब्रिफिङ रहेको उनको दाबी थियो।

सरकारले तय गरेको २५ जना भन्दा बढी भेला हुन नपाउने मापदण्ड मिचेर किन ‘कोरोना ब्रिफिङ’ जरुरी भयो? स्वभाविक प्रतिप्रश्नको उत्तर प्रवक्ता ज्ञवालीबाट आएन। 

तर, आइतबारको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले नाम नबताउने शर्तमा रहस्य खोले। उनको जानकारी यस्तो थियो, ‘प्रधानमन्त्रीज्यूले वरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनालले 'फ्लोर क्रस' गर्ने सूचना पाउनुभयो।’

Ncell 2
Ncell 2
nimb
nimb

शनिबार कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर वरिष्ठ नेताद्वय नेपाल र खनालले आफूहरु ‘फ्लोर क्रस गर्न तयार रहेको’ बताएको सूचना बालुवाटारले प्राप्त गरेको थियो।

त्यही सूचनाका आधारमा आकस्मिक बैठक बोलाइएको हो। खनाल–नेपालले देखाएको 'हरियो झन्डा'अनुसार कांग्रेस अविश्वास प्रस्तावका लागि सक्रिय भएको विश्लेषण बालुवाटारको छ।

सूची किन भएन फाइनल?
जुनसुकै बेला अविश्वास प्रस्ताव आउनेमा बालुवाटार सचेत छ। आइतबारको केन्द्रीय कमिटी बैठकमा राजनीतिक विकासक्रम तीव्र रहेकाले सबैलाई सचेत रहन प्रधानमन्त्री ओलीले निर्देशन दिएका छन्। एमाले सांसद महेश बस्नेतले पनि सबै नेताहरुलाई आ–आफ्नो ठाउँमा चनाखो रहन समेत निर्देशन दिएको बताए।

बैठकमा अविश्वास प्रस्ताव आउँदा विपक्षमा बहुमत नपुग्ने रणनीति तय गर्नका लागि नेपाल समूहका केही सांसदलाई कारबाही गर्नुपर्ने हुन सक्ने बताएका थिए। त्यसका लागि केन्द्रीय कमिटीको निर्णय जरुरी हुन्छ।

एक सांसदले भन्छन्, ‘नेतृत्वले कुनै अप्रिय कदम चाल्नुपरे त्यसमा हाम्रो समर्थन छ भन्यौं र त्यो कदम गैरकानुनी नहुने गरी हस्ताक्षर गर्‍यौं ।'

प्रधानमन्त्री ओलीले कारबाही गर्नुपर्ने केही सांसदको सूची तयार पारे पनि आइतबारको बैठकमा त्यसलाई प्रस्तुत गरिएन। त्यसअघि बसेको शीर्ष तहका नेताहरुको बैठकमा भने ‘ब्रिफिङ’ भएको बुझिएको छ। नेपाल पक्षका केही सांसद ओली पक्षमा खुल्ने संकेत समेत दिएको बताइएको छ। उनीहरुले आइतबार बिहान प्रधानमन्त्री ओली र अरु नेतासँग ‘समय दिन’ आग्रह गरेको ओली पक्षका ती केन्द्रीय सदस्यको भनाइ छ। त्यसरी समय माग्नेमा नेपाल पक्षमा रहेका एक पूर्व मन्त्री समेत रहेको उनको दाबी छ।

प्रकाशित मिति: आइतबार, वैशाख १२, २०७८  १६:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
राष्ट्रिय सेवा दल विधेयक प्रतिनिधिसभाबाट पारित, के–के छन् व्यवस्था? विधेयकमा विद्यालयमा अध्ययनरत विद्यार्थीमा देशप्रेम, जनसेवा, राष्ट्रिय एकता, अनुशासन र नैतिकताको भावना विकास गर्ने उद्देश्य राखिएको छ... सोमबार, असोज ५, २०८३
चीनद्वारा बाढी प्रभावित बालबालिकाका लागि एक करोड १० लाख सहयोग नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले सोमबार शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेललाई मन्त्रालयमा उक्त सहयोग रकमको चेक हस्तान्त... सोमबार, असोज ५, २०८३
पार्टी पुनर्गठन कुनै रहरमा नहुने भन्दै केन्द्रीय कमिटी बैठकमा ल्या छुट्टै प्रतिवेदन पहिलो पुनर्गठनका रूपमा उनले तत्कालीन महासचिव केशरजंग रायमाझीको नेतृत्वमा पार्टी दक्षिणपन्थी दिशातर्फ गएको अवस्थालाई उल्लेख गरेका छन्... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
राष्ट्रिय सेवा दल विधेयक प्रतिनिधिसभाबाट पारित, के–के छन् व्यवस्था? सोमबार, असोज ५, २०८३
एलपीजी ग्यास अभावको कारण पहिचान गर्न फिसबोन डायग्राम प्रयोगमा, छिट्टै समाधान हुने मन्त्री साहको दाबी सोमबार, असोज ५, २०८३
चीनद्वारा बाढी प्रभावित बालबालिकाका लागि एक करोड १० लाख सहयोग सोमबार, असोज ५, २०८३
नेपालबाट बिदा हुँदै भारतीय राजदूत श्रीवास्तव, सभामुखसँग गरे भेटवार्ता सोमबार, असोज ५, २०८३
पार्टी पुनर्गठन कुनै रहरमा नहुने भन्दै केन्द्रीय कमिटी बैठकमा ल्या छुट्टै प्रतिवेदन सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्