काठमाडाैं- निर्देशक अनुप बरालको निर्देशनमा तयार भएको चलचित्र ‘दोख’को ओएसटी अर्थात ओर्जिनल साउन्ड ट्रयाक सार्वजनिक गरिएको छ।
निकै लामो समयदेखि बन्ने तयारीमा रहेको फिल्मका दृश्यहरु समावेश गरेर ओएसटी सार्वजनिक गरिएकाे हो। पूर्वेली भाकामा प्रस्तुत गरिएको ‘रातैले बुन्छ’ गीतमा १० वर्षे सशस्त्र द्वन्द्धले निम्त्याएको दुई गाउँको दुश्मनी देखाइएको छ।
आजभन्दा ६ वर्षअघि वैशाख १२ गतेको भुकम्पका कारण छायांकन स्थगित भएको थियो। स्थिती सामान्य बनेपछि झन्डै एकवर्ष ढिला गरेर पुनः छायांकन भएको फिल्मलाई फेरि कोराेना संक्रमणले रोकेको छ। तर, निर्माण पक्षले भने यसको ओएसटी गीत भने सार्वजनिक गरेको छ।
गीतलाई हाइलाइट्स नेपालको युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो। कबि तथा गीतकार श्रवण मुकारुङले लेखेको गीतमा झुमा लिम्बुको स्वर छ। गीतमा पुष्पासंगमले संगीत भरेका छन्।
फिल्ममा दिया मास्के, माओत्से गुरुङ, मनिष निरौला लगायतको अभिनय छ। फिल्मको प्रर्दशन मिति भने तोकिएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।