काठमाडाैं- प्रहरीले काठमाडौंको अनामनगरस्थित अनलाइन न्यूजपोर्टल उज्यालोनेटवर्क डटकमका कार्यकारी सम्पादक अनिश तामाङलाई पक्राउ गरेको छ। तामाङलाई प्रहरीले आइतबार अनलाइनको कार्यालयभित्रै पुगेर पक्राउ गरेको प्रधानसम्पादक बुद्ध लोप्चनले बताए।
प्रहरीले कार्यालयको क्यामरा र कार्यरत पत्रकारको मोबाइलसमेत नियन्त्रणमा लिएको उनले बताए। पक्राउ परेका तामाङलाई महानगरीय प्रहरी परिसर, टेकु लगिएको छ। प्रहरीले अनलाइनका प्रबन्ध निर्देशक प्रभात लामालाई पनि पक्राउ गरेको छ।
उक्त अनलाइनमा केहीदिन पहिले प्रकाशित समाचारको विषयलाई लिएर प्रहरीले धरपकड गरेको हो। समाचारका विषयमा प्रेस काउन्सिलले स्पष्टीकरण सोधेपछि उक्त अनलाइनले समाचार भूलवश प्रकाशित भएको भन्दै हटाएको थियो।
‘प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय रिसर्च एण्ड एनालाइससीस विड्स ‘र अ’का प्रमुख सामन्त गोयलबीच चार बुँदे सहमति’ भएको भन्दै उक्त अनलाइनले समाचार लेखेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।