काठमाडाैं– ‘नरौ माया सम्झेर मलाई’ गीतका गीतकार मनोज केसीको रचना रहेको पातै फरर बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतको म्युजिक भिडियोसँगै गीति संग्रह पातै फरर पनि विमोचन गरिएको छ।
युथ क्रिएशन नामक संस्थाले एक कार्यक्रम आयोजना गर्दै म्युजिक भिडियो र गीति संग्रह सार्वजनिक गरेको हो। वरिष्ठ लेखक तथा गीतकार अमर वान्तुको प्रमुख आतिथ्यतमा गायक तथा संगीतकार कन्यैया सिंह, कलाकार उत्तम केसी, संगीतकार सन्तोष श्रेष्ठ, निर्देशक सुमन दाहाल, व्यवसायी रामजी अवाल, युथ क्रियशनका अध्यक्ष रमेश थापालगायतले संयुक्त रुपमा गीतिसंग्रह सार्वजनिक गरेका हुन्।
पातै फरर गीतमा अशोक वराल र सोनिका केसीको स्वर रहेको छ। सन्तोष श्रेष्ठको संगीत र देवेन्द्र नेवाःको संगीत संयोजन रहेको गीतको भिडियोलाई हेम प्रभावसले निर्देशन गरेका हुन्। समीर थोकरको छायांकन रहेको भिडियोमा टेकेन्द्र शाहको सम्पादन छ भने अञ्जु सुनार, हेमा श्रेष्ठ, समीर थोकर र उज्जल धामीको अभिनय रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।