काठमाडौं– काठमाडौं उपत्यकाका विभिन्न स्थानमा नक्कली नोटको कारोबार हुने गरेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरीले नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ।
महानगरीय प्रहरी परिसर लतिलपुरको टोलीले नक्कली नोटसहित एक युवकलाई गत महालक्ष्मी नगरपालिका–१ इमाडोलबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा हुम्लाको सार्केटार गाउँपालिका–७ जैर घर भएका १९ वर्षीय मुनबहादुर रावत रहेको ललितपुर प्रहरीका प्रवक्ता एसपी प्रज्वल महर्जनले बताए।
काठमाडौं माछापोखरी बस्दै आएका रावतको साथबाट १ हजार दरका ५ वटा नक्कली नोट फेला परेको एसपी महर्जनले बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।