काठमाडौं– रियल बेटिससँग गोलरहित बराबरीमा रोकिएसँगै रियल म्याड्रिडको उपाधि होडमा धक्का लागेको छ।
गएराति भएको खेलमा रियल म्याड्रिड गोलरहित बराबरीमा रोकिएको हो। बराबरीपछि शीर्ष स्थानमा रहेको एथ्लेटिको म्याड्रिडभन्दा रियल दुई अंकले पछि परेको छ।
एक खेल कम खेलेको एथ्लेटिकोले आइतबार एथ्लेटिक बिल्बाओको सामना गर्दै छ। दुई खेल कम खेलेको बार्सिलोना लिगको तेस्रो स्थानमा छ। बार्सा रियलभन्दा तीन अंकले पछि छ।
घरेलु मैदानमै रियल मड्रिड गोल बिहीन बनेको हो। बराबरीपछि दोस्रो स्थानको रियल मड्रिडको ३३ खेलबाट ७१ अंक भएको छ।
एक खेल कम खेलेको शीर्ष स्थानको एथ्लेटिको मड्रिडको ७३ तथा दुई खेल कम खेलेको तेस्रो स्थानको बार्सिलोनाको ६८ अंक छ।
ला लिगा अन्तर्गत शनिबार राति भएका अन्य खेलमा एल्चीले लेभान्टेलाई १–० ले पराजित गर्दा रियल भालाडोलिड र काडिज तथा भ्यालेन्सिया र एलाभेसले समान १–१ को बराबरी खेलेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।