काठमाडाैं- काठमाडौं रेजर्सले नेपाल सुपर लिग (एनएसएल) मा विजयी सुरुवात गरेको छ।
शनिबार दशरथ रंगशालामा भएको उद्घाटन खेलमा काठमाडौंले ललितपुर सिटी एफसीलाई १-० गोलले हराउँदै विजयी सुरुवात गरेको हो।
काठमाडौंको जितमा मेसौके ओलुमोउले निर्णायक गोल गरे। उनले खेलको ६६ मिनेटमा गोल गरेका थिए।
पहिलो संस्करणको लिगमा ७ फ्रेन्चाइज टोलीले सहभागिता जनाउँदै छन्।
जसमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेन्जरर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन्।
वैशाख ११ देखि २५ गतेसम्म हुने प्रतियोगिताका सबै खेल दशरथ रंगशालामा हुनेछन्। प्रतियोगिता सिंगल राउन्ड रोबिनको आधारमा कुल २५ खेल संचालन हुनेछ।
प्रतियोगिताको विजेतालाई ३५ लाख रुपैयाँ प्रदान गरिनेछ भने उपविजेताले १५ लाख प्राप्त गर्नेछ। चार पोजिसनका उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई १-१ लाख रुपैयाँ प्रदान गरिनेछ। एक जना इमर्जिङ खेलाडीलाई पनि पुरस्कार दिइने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।