न्यूयोर्क- युनिसेफ सद्भावना दूत एवं सेभेन फन्ड फर युनिसेफका संस्थापक डेभिड बेकह्यामले कोरोना खोप अभियानको नेतृत्व गर्ने भएका छन्।
खोपप्रतिको विश्वास बढाउन तथा आफ्ना बालबालिकालाई घातक रोगविरुद्वको खोप लगाउन विश्व भरिका अभिभावकहरूलाई प्रेरित गर्नको लागि विश्वव्यापी अभियानको नेतृत्व उनले गर्न लागेका हुन्।
विश्व खोप सप्ताहको पुर्व सन्ध्यामा सार्वजनिक गरिएको एउटा भिडियोमा बेकह्यामले कोभिड–१९ को कारणले गर्न नपाएका बिभिन्न क्रियाकलापहरूको बारेमा कुराकानी गरेका छन्।
बालबालिकालाई भ्यागुते रोग, दादुरा एवं पोलियो जस्ता रोगहरूबाट सुरक्षित राख्नका लागि नियमित खोप कार्यक्रममार्फत् प्रदान गरिने खोप लगाउन परिवारहरूलाई अनुरोध गरेका छन्।
‘हामीले समस्याहरूलाई कति सहज रूपमा लिन्छौं भन्ने कुरा गत वर्ष कोभिड-१९ ले उजागर गर्यो, तर खोपको शक्ति तथा महत्त्वको बारेमा पनि हामीलाई स्मरण गरायो,’ बेकह्यामले भने, ‘खोपले काम गर्छ र हरेक वर्ष दशौँ लाख मानिसहरूको जीवन बचाउँछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।