• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
लेख-विश्लेषण

टोकियो ओलम्पिकमा चम्कनेछन् जन्मदेशले लखटेका, शरण परेको देशले दुत्कारेका आसिफ

64x64
नेपाल लाइभ शनिबार, वैशाख ११, २०७८  ०६:४०
1140x725

काठमाडाैं- ‘हामीसँग केही सामान थियो। बाटोमा बन्दुक देखाएर डाँकुहरूले लुटे। त्यसबेला म सात वर्षको थिएँ, त्यो घटनाबाट खुबै खुश डराएँ।’

अफगानिस्तान छाडेका आसिफ सुल्तानीलाई यो घटना पूर्ण रूपमा याद छैन। तर, उनको दिमागमा धमिलो यादहरू भने अझै यथावत् छन्। 

आसिफ सिया इस्लाम सम्प्रदायका सीमान्तकृत हसारा समुदायका हुन्। सिया इस्लाम धर्म मान्‍ने भएकाले उनीहरूलाई सुन्‍नीबहुल अफगानिस्तानमा कट्टरपन्थीहरूले निसाना बनाउने गरेका थिए, त्यो बेला पनि अहिले पनि।

आसिफको परिवार अफगानिस्तानमा भइरहेको उत्पीडनबाट बच्न देश छाडेर भाग्‍न बाध्य पारियो, जुन उनका लागि असह्य थियो। ज्यानभन्दा केही ठूलो नहुने रहेछ, त्यसैले उनीहरु शरण लिन पुगे इरान।

तर, इरानमा पनि जीवन सहज थिएन। एक त अरुको देश, त्यसमाथि विदेशी नागरिकमाथि गरिने बर्बरता। यो पशुलाई गरिने व्यवहारभन्दा केही कम थिएन।

‘हाम्रो परिवार शरण लिन इरान पुगेको थियो, हामीलाई शरणार्थी जस्तो व्यवहार गरिएन,’ आसिफले भने, ‘कागजात नहुँदा हामीलाई भेदभाव गरियो।’

बर्बरता यतिमै सीमित थिएन। उनलाई त्यहाँ केही व्यक्तिहरुले खुब दुःख दिन्थे। कुट्थे, गाली गर्थे र दुर्व्यवहार गर्थे।

‘मलाई याद छ केही व्यक्तिहरुले मलाई धेरै रिस उठाउँथे। उनीहरुले मलाई मुट्ठीले हिर्काउँथे। ममाथि थुक्थे। तिनीहरूले मेरो अनादर गर्थे र दयाको लागि भिख माग्‍न मलाई जबरजस्ती पार्थे,’ उनी भन्छन्।

Ncell 2
Ncell 2
nimb
nimb

यो दुर्व्यवहार उनी र उनका बुबालाई असह्य भयो। यसबाट निस्कन अरु जस्तै आत्मविश्वासी बन्‍नु थियो आसिफलाई। उनका बुबाले यो कुरा बुझे र अब जसरी पनि छोरालाई बलियो बनाउने सोच बनाए। 

अनि हिम्मत दिलाएर बुबाले उनलाई आत्मरक्षाका लागि ‘मार्शल आर्ट’ सिक्न प्रोत्साहित गरे।

उनले कराते त खेले। तर, वैध कागजातहरू नहुँदा केही फुटकर स्थानीय प्रतियोगितमा भन्दा अरुमा भाग लिने मौका भने पाएनन्। कलाकौशल भएर पनि घरनजिकैको कराते केन्द्रले उनलाई मौका दिन अस्वीकार गर्‍यो।

हुन त अन्तर्राष्ट्रिय प्रतियोगितमा भाग लिने खेलाडीले आफ्नो झन्डामुनि बसेर सहभागिता जनाउँछन्। तर, आसिफसँग न देश थियो न झन्डा। थियो त केवल कला र कौशल जुन उनले देखाउनै पाएनन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

तर, आसिफ निराश भएनन्। बाबुले देखाएको बाटोमा जसरी पनि हिँड्नु थियो उनलाई। आलोकाँचो मानसिकता, केही गरौं भन्‍ने जोशले उनलाई हार खान दिएन। अनि आफ्नै घर पछाडि प्रशिक्षण केन्द्र खोले।

‘मेरो मन कुँडिएको थियो। कराते मेरो जीवनको अन्तिम आशा थियो,’ उनले भने, ‘मैले मेरा केही साथीहरूलाई जम्मा गरें। आफैंबाट प्रशिक्षण सुरु गरें।’ 

उनलाई प्रशिक्षण दिने कुनै गुरु थिएनन्। न उनलाई करातेको ‘मुभ’ थाहा थियो न ‘टेक्निक’। उनले टिभीमा हङकङ-अमेरिकन मार्शल आर्टिस्ट ब्रुस-लीका चलचित्रहरू हेरे। 

ब्रुस-ली चलचित्र क्षेत्रका द्वन्द्व कलाकार तथा निर्माता थिए। उनका पिताले उनलाई चलचित्र क्षेत्रमा प्रवेश गराएका थिए। उनले धेरै चलचित्रमा काम गरिसकेका थिए। त्यसैले उनका चलचित्र सहजै उपलब्ध थिए। 

‘मैले उनका हरेक चलचित्र हेरें। उनको मूभ, स्टाइल र टेक्निक नियालें। अनि मैले उनमा आफूलाई देख्न थालें। मलाई उनीजस्तै बन्‍नु थियो,’ आसिफ विगतलाई याद गर्छन्।

यो उनका लागि कुनै शोख थिएन। उनमाथि गरिएको व्यवहारको परिणाम थियो त्यो। आफ्नो इच्छा, अझ भनौं लक्ष्य जसरी पनि पुरा गर्नु थियो। डटेर हुन्छ वा मरेर।

उनै आसिफ टोकियो ओलम्पिकमा ‘टिम शरणार्थी’बाट कराते प्रतियोगितामा स्थान बनाउन कोशिस गर्दैछन्।

‘मेरो यो कुनै शोख होइन। मसँग साहस, आशा र केही गर्ने सपना छ। एकतर्फी बाटो बनाउने,’ उनी भन्छन्।

तर, एक दिन उनी आफ्नो सपना भंग हुने ठाउँमा पुगे। जुन उनले सायदै कल्पना गरेका थिए। आसिफ त्यतिबेला १६ वर्षका थिए। जन्‍नेबुझ्‍ने भइसकेका थिए। उनलाई इरान सरकारले अफगानिस्तान पठाइदियो। अफगानिस्तान अर्थात् उनको गहिरो नाता जोडिएको आफ्नै जन्मभूमि। 

स्वदेश फिर्ता भएपछि न ओत लाग्‍नको लागि घर थियो न भोक मेटाउन खाना। उनलाई जीवन गुजारा गर्न नै मुश्किल पर्दै गयो।

भनिन्छ- अजिंगरको आहारा दैवले जुराउँछ। उनको जीवनमा पनि यही भनाइ लागू भयो। स्वदेश फर्किएको केही दिनमै एउटा सानो होटलमा उनले काम पाए। उनलाई खाना र बस्न सानो कोठा दिइयो।

उनले यही कोठमा जीवनी देख्न थालेका थिए। तर, त्यो समय अफगानिस्तानको हालत ठिक थिएन। त्यहाँ जातीय युद्ध फैलिएको थियो।

आसिफ भन्छन्, ‘जनता सडकमा बन्दुकका साथ प्रदर्शन गरिरहेका हुन्थे। म धेरै डराएको थिएँ। यहाँ हजारा समुदायका मानिसहरु वर्षौंदेखि उत्पीडनमा थिए।’

हराजा समुदायमाथि भइरहेको बर्बरता देखर उनले यहाँ आफ्नो सपना पुरा नहुने देखे। उनले एक निर्णय लिए- फेरि देश छाडेर भाग्‍ने।

केही हप्तापछि उनले अष्ट्रेलिया जाने सोच बनाए। एक व्यक्तिको सम्पर्कमा पुगे र कुराकानी पक्का गरे। उनलाई एक समुद्रको किनारमा लगियो, जहाँ सयभन्दा बढी व्यक्ति थिए। उनलाई त्यहीँ रहेको सानो माछा मार्ने माझीले प्रयोग गर्ने डुङ्गामा चढाइयो, जुन अष्ट्रेलिया हुँइकिन तम्तयार थियो।

समुद्रको बाटो। अष्ट्रेलिया पुग्‍न त्यति सहज थिएन। तर, उनीहरुलाई इन्डोनेशिया हुँदै अष्ट्रेलिया लैजाँदै थिए।

सानो माछा मार्ने माझीले प्रयोग गर्ने डुङ्गा। एक सय मानिसको कोचाकोच। त्यो यात्रा उनका लागि एकदमै कष्टकर थियो। त्यही पनि सपना पूरा गर्नु थियो र अफगानिस्तानमा भइरहेको द्वन्द्वबाट उनलाई ज्यान बचाउनु थियो। त्यसैले उनले यसलाई वेवास्ता गरे।

अष्ट्रेलिया नपुग्दै उनी सवार डुङ्गाको इञ्जिन बिग्रियो र बिचैमा अड्कियो।

आसिफ भन्छन्, ‘सबैजना पानीमा हामफाल्ने तयारी गरिरहेका थिए, ज्यान बचाउन केही प्रार्थना गरिरहेका थिए। सबै कुरा निकै भयानक सपनामा परिणत भइसकेका थिए।’

डुङ्गा धेरै घण्टा ‘मिड-डे’मा फसेको थियो। यद्यपि, उनी समुद्रको किनारमा पुग्‍न सफल भए।

उनी अष्ट्रेलिया त पुगे। तर, कागजातबिना त्यहाँ विदेशी नागरिकलाई शरण दिइँदैन थियो। यो गैरकानूनी मानिन्थ्यो र अहिले पनि त्यही मानिन्छ। त्यसैले उनलाई त्यहाँको प्रहरीले नियन्त्रणमा लियो।  

आसिफको किशोरावस्थाका केही वर्षहरू हिरासत केन्द्रमा बिते।  
                                                                                              ...

तर, १८ वर्षको उमेरमा उनको जीवनले नसोचेको एक मोड लियो। अष्ट्रेलियाको हाई स्कूलमा उनले प्रवेश पाए, जहाँ दिनको दुई पल्ट कराते प्रशिक्षण लिने व्यवस्था मिलाइएको थियो। 

लोभलाग्दो कलाकौशल देखेर अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिलले शरणार्थी कोटबाट छात्रवृत्तिसमेत प्रदान गर्‍यो आसिफलाई।

जुन उनको जीवन परिवर्तन गरिदिने एक माध्यम बन्यो। उनका लागि यो क्षण अविस्मरणीय र एक हिसाबले अविश्वसनीय जस्तै थियो। किनभने एक त अर्काको भूमि, त्यसमाथि देखेको यति ठूलो सपना पूरा हुँदै थियो। अर्काको देशमा शरणार्थी भएर बस्दा पूरा हुन असम्भव जस्तै सपना थियो त्यो। 

यो उनका लागि भगवानले दिएको ‘तोफा’भन्दा कम थिएन। उनले यसलाई सही सदुपयोग गरे र आफ्नो मिहिनेतबाट टिम शरणार्थीमा स्थान बनाए। 

उनले २०१६ मा ब्राजिलमा भएको ‘रियो ओलम्पिक’मा भाग लिने मौका पाए, जुन उनको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो। तर, उनले सोचेजस्तो सफलता भने प्राप्त गर्न सकेनन्। 

यो अफलताबाट उनी निरास भएनन्। दिनरातको कडा मिहिनेतले उनी अझै खारिए। उनीसँग अझै छ जोश बाबुले देखाएको बाटो छिचालेर आफ्नो गन्तव्यमा पुग्‍ने। उनी इरानमा गरिएको दुर्व्यवहारलाई सम्झेर फेरि उठे।

आसिफले जापानमा आयोजना हुन लागेको ‘टोकियो ओलम्पिक’मा स्थान बनाएको खबर गत जुन महीनामा पाए। उनलाई फेरि एक मौका मिलेको छ आफूलाई प्रमाणित गर्ने। तर, उनी आफ्नो लक्ष्य भनेको स्वर्ण जित्ने नरहेको बताउँछन्। 

‘म स्वर्ण पदक जित्न खेल्न लागेको हैन। शरणार्थीहरुको प्रतिनिधित्व गर्न लागेको हुँ। म एक ब्यक्ति बन्‍न चाहन्छु जसले संसारभरिका लाखौं विस्थापित बच्चाहरुलाई यो आशाको सन्देश पुर्‍याओस् कि हामीले पनि केही गर्न सक्छौं,’ उनले भने।

बीबीसीबाट

प्रकाशित मिति: शनिबार, वैशाख ११, २०७८  ०६:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राप्रपालाई नयाँ उचाइमा पुर्‍याउने गरी महाधिवेशन गर्न लिङ्देनको आह्वान
भोटेकोशी बाढीपछि बेपत्ता अमेरिकी नागरिकहरूको खोजी र पहिचानका लागि अमेरिकाद्वारा धन्यवाद व्यक्त
हुलाकलाई जनताको महत्त्वपूर्ण अंगका रूपमा विकास गर्छौँ: सञ्चार मन्त्री तिमिल्सिना
सम्बन्धित सामग्री
कुशल भूर्तेल ‘ए’ टोलीमा अनिल साहको कप्तानीमा रहेको नेपाल ‘ए’ टोलीमा भुर्तेलसहित तृतराज दास, मयन यादव, पवन सर्राफ, दीपक डुम्रे, कुशल मल्ल, लोकेश बम, रशिद खान... सोमबार, साउन २५, २०८३
‘अन्डरडग’ जिरोना इतिहास कोर्ने बाटोमा, दिनसक्छ एउटा ‘सरप्राइज’ नतिजा ला–लिगाको सिजन २०२३/२४ को पहिलो १९ हप्ता सकिँदा जिरोनाले पाँच पटक शीर्ष स्थानको अग्रता बनाएको थियो। र, अहिले पनि रियल मड्रिडसँग समान... मंगलबार, पुस २४, २०८०
जनतासँग माओवादी अभियान : रूपान्तरणको सार्थक बहस हुन त यसअघि पनि केन्द्रीय महाधिवेशनमा पार्टी अध्यक्ष प्रचण्डले पार्टी बिग्रिएको र विघटन गर्दा हुने भनाइ राख्दै जनतामा फर्कनुपर्ने उद... बुधबार, भदौ २०, २०८०
ताजा समाचारसबै
राप्रपालाई नयाँ उचाइमा पुर्‍याउने गरी महाधिवेशन गर्न लिङ्देनको आह्वान मंगलबार, असोज २७, २०८३
भोटेकोशी बाढीपछि बेपत्ता अमेरिकी नागरिकहरूको खोजी र पहिचानका लागि अमेरिकाद्वारा धन्यवाद व्यक्त मंगलबार, असोज २७, २०८३
हुलाकलाई जनताको महत्त्वपूर्ण अंगका रूपमा विकास गर्छौँ: सञ्चार मन्त्री तिमिल्सिना मंगलबार, असोज २७, २०८३
परराष्ट्रमन्त्री खनाल र राजदूत सुकलालबीच नेपाल–दक्षिण अफ्रिका सम्बन्ध सुदृढ बनाउने विषयमा छलफल मंगलबार, असोज २७, २०८३
आईपीयूको महासभामा सहभागी भएर स्वदेश फर्किए सभामुख मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्