काठमाडाैं- गीतकार अमर वान्तुको नयाँ गीत 'गर्मी भयो धरान' भिडियो सार्वजनिक गरिएको छ।
गीतमा सत्यराज आचार्य र मेलिना राईको आवाज रहेको छ। दिनेश बान्तवाको संगीत रहेको गीतको भिडियो ओएस आर डिजिटलको अफिसिय च्यानलमार्फत् सार्वजनिक गरिएको छ।
सयभन्दा बढी गीत लेखिसकेका सर्जक अमर वान्तुका पछिल्लो समय निरन्तर म्युजिक भिडियोहरु सार्वजनिक भइरहेका छन्।
भूमिसा प्रोडक्सनले निर्माण गरेको भिडियोलाई जनकदिप पराजुलीले निर्देशन गरेका छन्। पल शाह, साहारा राई र सशी राई लोहोरुङ फिचर्ड छन्।
सागर प्रधानले छायाकन गरेको भिडियोको सम्पादन धुर्बराज पराजुली 'प्रज्वलित' ले गरेका हुन्। सार्वजनिक भिडियोमा मनिता राईको कोरियोग्राफी रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।