काठमाडाैं- नेपाल सुपर लिग (एनएसएल)मा धनगढी एफसीको कप्तानी किरण चेम्जोङले गर्ने भएका छन्।
राष्ट्रिय टिमका कप्तान तथा गोलकिपर किरणले धनगढीको नेतृत्व गर्ने धनगढी ले विज्ञप्तिमार्फत् जानकारी दिएकाे हाे।
धनगढीले यसअघि किरणलाई आइकोनिक प्लेअरको रुपमा अनुबन्ध गरेको थियो। यस्तै, राष्ट्रिय टिमका मिडफिल्डर विशाल राई मार्की प्लेअरको रुपमा टिममा अनुबन्धित भइसकेका छन्।
टोलीमा दुई बिदेशी र दुई स्थानिय खेलाडीसमेत आबद्द भएर प्रशिक्षण गरिरहेकाे धनगढीले जानकारी दिएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।