काठमाडाैं- पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फ्रेन्चाइज फुटबलका लागि ललितपुर सिटी एफसीले पिटर सेगुनलाई अनुबन्ध गरेको छ।
ललितपुरले एक विज्ञप्ति जारी गर्दै नाइजेरियन डिफेन्डर सेगुनलाई टिममा अनुबन्ध गरेको जानकारी दिएकाे हाे। आउँदो शनिबारदेखि काठमाडौंमा सुरु हुने एनएसएल खेल्नका लागि सेगुन बिहीबार काठमाडौं आइपुगेका छन्।
सेगुनले पछिल्लो सिजन मछिन्द्र क्लबबाट शहीद स्मारक ए डिभिजन लिग खेलेका थिए। त्यसअघि उनले थ्री स्टार क्लबबाट खेलेका थिए।
ललितपुरलेयसअघि क्रोएसियाका फरवार्ड भिलिम पोनिस्कोभिक र अजरबैजानका फरवार्ड नुर्लान जाहिद नोभ्रुजोभलाई टिममा अनुबन्ध गरिसकेको छ।
एनएसएलमा ७ फ्रेन्चाइज टिमले राउण्ड रोविन लिगको आधारमा प्रतिस्पर्धा गर्नेछन्। एनएसलको उद्घाटन खेलमा ललितपुरले काठमाडौं रेजर्ससँग प्रतिस्पर्धा गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।