काठमाडाैं- भारत सरकारले नेपालका विभिन्न जिल्लामा रहेका सरकारी तथा विभिन्न गैरनाफामूलक संघसंस्थालाई ३९ वटा एम्बुलेन्स तथा ६ वटा स्कूल बस प्रदान गरेको छ।
काठमाडौंस्थित भारतीय राजदूतावासले स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा काम गरिरहेका नेपालका विभिन्न सरकारी तथा गैरनाफामूलक संघ संस्थालाई बिहीबार ती एम्बुलेन्स र बस हस्तान्तरण गरेको हो। भारत सरकारले उपाहारस्वरुप ती सवारीसाधन उपलब्ध गराएको हो।
ग्रामीण क्षेत्रमा स्वास्थ्यको पहुँच विस्तार गर्न भारतीय राजदूतावासले नेपालका सरकारी तथा गैरनाफामूलक संस्थाहरुलाई प्रत्येक वर्ष एम्बुलेन्स तथा स्कूल बस प्रदान गर्दै आएको छ।
सन् १९९४ यता भारतीय राजदूतावासले करिब ८६२ वटा एम्बुलेन्स प्रदान गरिसके जनाएको छ। यी एम्बुलेन्स नेपाल सरकारले तोकेको मापदण्ड अनुरुप निर्माण गरिएका हुन्।
त्यसैगरी राजदूतावासले आज प्रदान गरिएका ६ वटासमेत गरी हालसम्म १६६ वटा स्कूल बस उपहारस्वरुप उपलब्ध गराइसकेको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।