काठमाडौं- पेस्तोलसहित पर्साबाट एक युवक समातिएका छन्। प्रहरी चौकी इनर्वाबाट खटिएको टोलीले पेस्तोलसहित मकवानपुरको मनहरी-५ का २५ वर्षीय राजु रानामगरलाई बुधबार पक्राउ गरेको हो।
भारतबाट रक्सौलबाट हिँड्दै वीरगञ्ज आउँदै गरेका उनलाई जाँच गर्दा रानामगरको कम्मरबाट सुन्मिका लेखिएको पेस्तोल बरामद भएको हो।
उक्त पेस्तोलसँगै १ थान खाली म्याग्जिन पनि बरामद भएको पर्साका प्रहरी प्रवक्ता ओमप्रकाश खनालले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।